आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

देउवालाई भेटेपछि विश्वप्रकाशले के भने?

देउवालाई भेटेपछि विश्वप्रकाशले के भने?

  • मिडिया डबली
  • शुक्रवार, पौष २२ २०७९

  • 4.6K
    SHARES

  • देउवालाई भेटेपछि विश्वप्रकाशले के भने?

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस कसैलाई प्रधानमन्त्रीको अफर नगरेको स्पष्ट पारेका छन् ।

    शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेपछि सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिक्रियामा महामन्त्री शर्माले भने, ‘नेपाली कांग्रेस तत्काल नजाने गाउँको बाटो सोधिरहेको छैन र कसैलाई अघि लाग है भनेर पनि भनिरहेको छैन ।’

    उनले कांग्रेसले कसैलाई प्रधानमन्त्रीमा अफर गरेको चर्चा भ्रम मात्रै रहेको जिकिर गरे । ‘नेपाली कांग्रेस अहिले यस्तो कुरामा विलकुलै संलग्न छैन,’ उनले भने, ‘नेपाली कांग्रेस अहिले कसैलाई अगाडि लगाएर हामी भर्खरै बाहिरिएको अवस्थामा जिम्मेवार र भूमिकामा रहन छाडेर हामीबाट संस्थागत रूपमा कहीँ पनि त्यस्तो भइरहेको छैन ।’

    कसैलाई प्रधानमन्त्री प्रस्ताव गरेको हल्ला कोही साथीले चिया पिउँदै गर्दा भन्नुभएको भए पार्टीलाई थाहा नहुने उनले बताए ।

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २५ २०७७०१:४४:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend