आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

महामन्त्री शर्मा माथि आयोगको एक्सन, के हो कारण?

महामन्त्री शर्मा माथि आयोगको एक्सन, के हो कारण?

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक ४ २०७९

  • 3.0K
    SHARES

  • महामन्त्री शर्मा माथि आयोगको एक्सन, के हो कारण?

    काठमाडौं– निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका झापा–१ का कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्मालाई स्पष्टीकरण सोधेको छ। झापाका आगलागी पीडितलाई पैसा वितरण गरेको उजुरी परेकाले स्पष्टीकरण सोधेको आयोगले जानकारी दिएको छ। 

    शर्माले आगलागी पीडित केवल निरौलाको घरनिर्माण गर्न अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख ५० हजार रुपैयाँ निरौला परिवारलाई हस्तान्तरण गरेको फोटो सार्वजनिक भएको थियो। 

    निर्वाचन आचारसंहीता २०७९ को परिच्छेद २ को दफा ४ (न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्नेगरी कुनै कार्य गर्न नहुने उल्लेख छ। आयोगले रकम हस्तान्तरणबारे जिज्ञासा राख्दै किन कारबाही नगर्ने भन्दै शर्मालाई स्पष्टीकरण सोधेको छ। 

    आजसम्मको तथ्यांकअनुसार आयोगले विभिन्न राजनीतिक दलका उम्मेदवार, संघसंस्था, कार्यालयसमेत गरी ४८ वटा स्पष्टीकरण सोधेका छ। त्यसमध्ये ३० वटाको जवाफ प्राप्त भएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २५ २०७७०१:४४:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend