आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

आफूलाई होच्याउनेलाई विश्वप्रकाशले दिए यस्तो दनक, सानेपामा उथलपुथल! 

आफूलाई होच्याउनेलाई विश्वप्रकाशले दिए यस्तो दनक, सानेपामा उथलपुथल! 

  • मिडिया डबली
  • शनिवार, आषाढ ३२ २०७९

  • 13.3K
    SHARES

  • आफूलाई होच्याउनेलाई विश्वप्रकाशले दिए यस्तो दनक, सानेपामा उथलपुथल! 

    काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेतृत्वको अतिप्रशंशा र अति आलोचना पनि गर्न नुहने बताएका छन्। प्रशंशा गर्ने नाममा आरती र पुष्पाञ्जली गर्न जरुरी नभएको उनको तर्क छ। 

    पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री शर्माले यस्तो धारणा राखेका हुन्। उनले आलोचकहरुमाथि डन्डी नचलाउन पनि नेतृत्वको ध्यानाकर्षण गराएका छन्। ‘नेतृत्वको प्रशंसा गर्ने नाममा ॐ जय जगदीश हरे गरेर घण्टी नबजाऔं। अनि आलोचना गर्ने नाममा, डन्डी पनि नचलाऔं,’ शर्माले भने। 

    डा शेखरले होटलमा भेला गर्नु हुन्थ्यो? हुन्न्थ्यो भन्ने एउटा पक्ष भएपनि पार्टीभित्रको फरक विचार समूहले के मुद्दा उठाइरहेको छ त्यो मुख्य कुरा हुने उनको भनाइ छ। एउटा नेताको पक्षधरता राख्न अर्कोलाई होच्याउने गरी बोल्नु उपयुक्त नहुने बताए। 

    अर्थतन्त्रका विषयमा सरकारले श्वेतपत्र जारी गर्नुपर्ने बताएका छन्। ‘सरकारले आजको समग्र अर्थतन्त्रकाबारे श्वेतपत्र जारी गरेर, जनता समक्ष सत्यतथ्य राख्नुपर्छ र जनतामा विश्वास जागृत गर्नुपर्दछ,’ शर्माले भने, ‘एकातर्फ हामीले घरेलु जीवनलाई व्यवस्थित र सुदृढ गर्दै आगामी निर्वाचनको तयारी गर्नुछ। अर्कोतर्फ के नेपाल श्रीलंका बन्दैछ? भन्ने मनोवैज्ञानिक त्रासलाई पनि चिर्नु छ। प्रमुख दलका रूपमा  नेपाली काँग्रेसको कर्तव्य हो, जनतालाई ढाडस दिने, आशा जीवित राख्ने, विश्वासमा लिने।’

    कांग्रेस बैठकमा अधिकांश देउवा पक्षका नेताहरूले नेतृत्वको प्रशंशा गरेका थिए। कांग्रेसमा ८० प्रतिशतभन्दा बढी देउवा पक्षका केन्द्रीय सदस्य छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २५ २०७७०१:४४:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend