साउथ इन्डियन चलचित्र अभिनेत्री रश्मिका मन्दानालाई गुगलले २०२० को भारतकी राष्ट्रिय क्रसको उपाधि दिएको छ । अब, गुगलमा ‘नेशनल क्रस अफ इन्डिया’ भनेर सर्च गरियो भने अभिनेत्री रश्मिका मन्दानाको नाम आउने छ ।
उनको जन्म सन् १९९६ अप्रिल ५ मा कर्नाटकको विराजपेटमा भएको थियो । उनले सन् २०१६ मा रिलिज भएको चलचित्र ‘किरिक पार्टी’ बाट चलचित्रबाट डेब्यू गरेकी हुन् । पहिलो चलचित्रबाटै चर्चा कमाएकी उनले त्यसलगतै अन्य दुई ठूला चलचित्र ‘अन्जनी पुत्र’ र ‘चमक’ मा काम गर्ने मौका पाइन् ।
हालसम्म उनका १० वटा चलचित्र रिलिज भइसकेका छन् भने चारवटा चलचित्रको छायांकन जारी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।