काठमाडौं- महानायक राजेश हमालले कोरोनाका कारण समस्यामा परेका फिल्म प्राविधिकहरूलाई सहयोग गरेका छन् । कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा समस्यामा परेका फिल्म प्राविधिकलाई महानायक हमालले आज सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
उनले आज समस्यामा परेका ११३ जना फिल्म प्राविधिक प्रतिव्यक्ति ५ हजारको दरले आर्थिक सहयोग गरेका हुन् । कोरोनाका कारण प्राविधिकहरुलाई ठूलो प्रभाव परेकोले आफुले सहयोग गरेको हमालले बताएका छन् ।
अभिनेता हमालले गरेको सहयोगले ठूलो राहत मिलेको प्राविधिकहरुले पनि बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।