काठमाडाैं- पछिल्लो समयका चर्चित निर्देशक तथा मोडल शिशिर श्रेष्ठको निर्देशनमा 'चांनचुन पैसा...' सार्बजनिक भएको छ । गीतमा गायक प्रताप दास र मेलिना राईको आवाज रहेको छ ।
प्रलाद शाहको शब्दलाई टपक्क टिपेर संगीतकार सुभाष भुषालले गीतको संगीत गरेका हुन् । भिडियोमा चर्तित नायक आकास श्रेष्ठ, नायिका पुजा शर्मा, मोडल गीता ढुंगाना र सन्तोष बानियाँको दमदार अभिनय देख्न सकिन्छ ।
भिडियोमा नबराज उप्रेतीको छायांकन रहेको छ भने मनिक प्राख्रिनको कोरोयोग्राफ़र रहेको छ । छोटो समयमा नै चर्चा बटुल्न सफल भएको भिडियोको अमृत चापागाईले सम्पादन गरेका हुन् ।
हेर्नुहोस भिडियो :
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।