ललितपुर- ललितपुर महानगरपालिकाको वडा नम्बर २७ सुनाकोठी क्षेत्रमा सडक पीचको माग गर्दै कलाकार मदनकृष्ण श्रेष्ठसहितका स्थानीय सडकमा प्रदर्शन गरेका छन् ।
सडक कालोपत्रे गर्नुपर्ने माग राख्दै बाटो बन्द गरेर नै विगत तीन दिनदेखिस्थानीयहरुले सडक प्रदर्शन गर्दै आएका थिए । ठेकेदारले सडक कालोपत्रे गर्नका लागि अग्रिम भुक्तानी लिएर पनि काम नगरेको स्थानीयको आरोप छ ।
त्यहाँका स्थानीयसमेत रहेका वरिष्ठ कलाकार श्रेष्ठले एउटा सडक कालोपत्रे गर्नका लागि हड्ताल गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए ।
सडक कालोपत्रे हुने आशामा रहेका जनताहरु धुलो खाएर विरामी हुने अवस्थासम्म पुग्दापनि काम नभएको उल्लेख गर्दै उहाँले देश कहाँ छ रु भन्दै प्रश्न गरे । उनले भने ‘‘लोकतन्त्रका लागि ज्यान हत्केलामा राखेर लड्यौँ । तर हामीले चाहेको लोकतन्त्र या थिएन् । हामीले चाहेको एउटा र अहिलेको लोकतन्त्र फरक छ । सरकार नै कसको हातमा छ भन्ने थाहा छैन ।’’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।