बलिउड अभिनेता सुशान्त सिंह राजपुतको हत्याको घटनाले ठूलो रुप लिएको छ । यसले बलिउडमा ड्रग्सको कोरोबार भइरहेको एउटा गम्भीर अपराधिक क्रियकलापको संकेत गराएको छ ।
यसै सम्बन्धी आरोपमा छानबिनको दायरामा परेकी अभिनेत्रिद्धय दीपिका पादुकोण, श्रद्धा कपुर र साराअली खानको सम्बन्ध कुनै पनि ड्रग पेडलरसँग नरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरोले जनाएको छ ।
भारतीय मिडियाका अनुसार, सोधपुछका क्रममा तीन नायिकाको मोबाइल फोन समेत जफत गरिएको थियो ।
तर, मोबाइल फोनको जाँचका क्रममा तीन नायिका र अवैध रुपमा ड्रग्सको धन्दा गर्ने गिरोहसँग कुनै पनि कनेक्शन पुष्टी हुन सकेको छैन ।
एनसीबीसँगको बयानका क्रममा तीनै जना नायिकाले आफूहरुले ड्रग्सको सेवन नगरेको बताएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।