बिहिवार, आश्विन १ २०८३Sep 17 2026

Logo
images images

सरकारलाई यज्ञमणि न्यौपानेको प्रश्न : ‘अहिलेसम्म राजदूत किन नियुक्त भएनन्?’

सरकारलाई यज्ञमणि न्यौपानेको प्रश्न : ‘अहिलेसम्म राजदूत किन नियुक्त भएनन्?’

  • मिडिया डबली
  • बुधवार, भाद्र ३१ २०८३

  • 381
    SHARES

  • सरकारलाई यज्ञमणि न्यौपानेको प्रश्न : ‘अहिलेसम्म राजदूत किन नियुक्त भएनन्?’

    काठमाडौं - सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले सरकारले लामो समयदेखि राजदूत नियुक्त नगरेको भन्दै प्रश्न उठाएका छन्।

    बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद न्यौपानेले महत्वपूर्ण कूटनीतिक जिम्मेवारीमा राजदूतको पद खाली राखेर मुलुकको परराष्ट्र नीति बलियो बनाउन नसकिने बताए।

    उनले सरकारसँग प्रश्न गर्दै भने, ‘राजदूतको कुर्सी खाली राखेर नीति बलियो हुँदैन । अहिलेसम्म राजदूत नियुक्ति किन नगरेको सरकार ?’

    न्यौपानेले जनताले सरकारलाई ठूलो जनादेश दिएको उल्लेख गर्दै योग्य, सक्षम र विज्ञता भएका नागरिक प्रशस्त हुँदाहुँदै राजदूत नियुक्ति प्रक्रिया किन रोकिएको भन्ने स्पष्ट पार्न सरकारसँग माग गरे। उनले भने, ‘योग्यता, क्षमता, विज्ञता भएका नागरिक प्रशस्तै छन् । अनि रोकियो कहाँ ?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ३१ २०८३०२:४४:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend