मंगलवार, भाद्र ३० २०८३Sep 15 2026

Logo
images images

आईसीयूलाई कन्टेन्ट बनाएको भन्दै संसदमा प्रश्न, सांसदले भनिन्– ‘भ्युजका लागि जीवन जोखिममा नपारौँ’

आईसीयूलाई कन्टेन्ट बनाएको भन्दै संसदमा प्रश्न, सांसदले भनिन्– ‘भ्युजका लागि जीवन जोखिममा नपारौँ’

  • मिडिया डबली
  • मंगलवार, भाद्र ३० २०८३

  • 192
    SHARES

  • आईसीयूलाई कन्टेन्ट बनाएको भन्दै संसदमा प्रश्न, सांसदले भनिन्– ‘भ्युजका लागि जीवन जोखिममा नपारौँ’

    काठमाडौँ — अस्पतालको आईसीयूभित्र भोटेकोशी बाढीबाट उद्धार गरिएका बिरामीको अन्तर्वार्ता लिएको विषय मंगलबार प्रतिनिधिसभाको बैठकमा उठेको छ।

    बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्कोटाले संवेदनशील अवस्थामा रहेका बिरामीको उपचार हुने आईसीयूमा अन्तर्वार्ता लिनु र त्यसका लागि स्वीकृति दिनु कति ‘इथिकल प्राक्टिस’ हो भन्दै प्रश्न उठाइन्।

    भोटेकोशी बाढीको सुरुङबाट उद्धार गरिएका व्यक्तिको आईसीयूमा गएर मिडियाकर्मी सुरजसिंह ठकुरीले अन्तर्वार्ता लिएको उल्लेख गर्दै उनले विपद्का बेला स्वास्थ्य पत्रकारिताको सीमा स्पष्ट हुनुपर्ने बताइन्।

    उनले आईसीयूमा अन्य बिरामीसमेत रहेको भए उनीहरूको जीवन जोखिममा पार्न मिल्छ कि मिल्दैन भन्दै सम्बन्धित निकाय र चिकित्सकले स्वीकृति दिँदा गम्भीरता अपनाए/नअपनाएकोबारे प्रश्न गरिन्।

    ‘मानिसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट, अन्तर्वार्ता र भ्युज हुँदैन,’ बाँस्कोटाले भनिन्, ‘मानव जीवनलाई टीआरपीको मूल्यमा तौलिने काम बन्द हुनैपर्छ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ३० २०८३०२:०३:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend