मंगलवार, भाद्र ३० २०८३Sep 15 2026

Logo
images images

नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने भारतको निर्णय

नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने भारतको निर्णय

  • मिडिया डबली
  • मंगलवार, भाद्र ३० २०८३

  • 363
    SHARES

  • नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने भारतको निर्णय

    काठमाडौँ - भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ। भारतको ऊर्जा मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै नेपाललाई विद्युत् उपलब्ध गराउने निर्णयबारे जानकारी दिएको हो।

    भारतका अनुसार गत सेप्टेम्बर १३ देखि आगामी डिसेम्बर ३१ सम्म नेपाल विद्युत् प्राधिकरणलाई राति १२ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उपलब्ध गराइनेछ।

    मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाट तथा टनकपुर–महेन्द्रनगर १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत ५४ मेगावाट विद्युत् उपलब्ध गराइने भारतले जनाएको छ।

    सन् २०२७ जनवरीदेखि हुने विद्युत् निर्यातबारे भने सन् २०२६ डिसेम्बरमा समीक्षा गरिने भारतको ऊर्जा मन्त्रालयले उल्लेख गरेको छ। यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जलविद्युत् आयोजनाका पूर्वाधारमा क्षति पुगेको छ।

    भारतले कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend