आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

ईलाममा ३ करोडको लागतमा भारतले बनाइदियो संस्कृत विद्यालय 

ईलाममा ३ करोडको लागतमा भारतले बनाइदियो संस्कृत विद्यालय 

  • मिडिया डबली
  • सोमवार, आषाढ २२ २०७७

  • 7.3K
    SHARES

  • ईलाममा ३ करोडको लागतमा भारतले बनाइदियो संस्कृत विद्यालय 

    काठमाडौँ- ईलामको बरबोटे गाउँ विकास समितिमा भारतले श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालय पुननिर्माण गरेको छ ।

    नेपाल–भारत मैत्रि विकास सहकार्य कार्यत्रम अन्तर्गत ३ करोडभन्दा बढी लागतमा संस्कृत विद्यालयको पुननिमार्ण गरेको हो ।सोमबार बरबोटे गाउँ विकास समिति, विद्यालय व्यवस्थापन समिति र भारतीय राजदूतावासका प्रतिनिधिहरुद्वारा  भिडियो कन्फरेन्स मार्फत श्री सप्तमाई गुरुकुल संस्कृत विद्यालयको औपचारिक उद्घाटन गरिएको छ ।

    सन् २००९ मा प्राथमिक विद्यालयको रुपमा स्थापित यो विद्यालय सन् २०१५ मा माध्यमिक तहमा स्तरोन्नति भएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वैदिक तथा आधुनिक शिक्षा संस्कृत भाषामा पनि अध्यापन गराइनु विद्यालयको नवीनतम पक्ष हो । 

    ईलामसँग जोडिएका अन्य जिल्लाहरुबाट आएका विद्यार्थीहरुका लागि विद्यालयले आवासीय सुविधा प्रदान गर्दछ । भारत सरकारको आर्थिक सहयोगमा निर्मित यस चार तल्ले भवनमा विद्यालय तथा छात्रावास ब्लक रहेका छन् जसमा दशवटा कक्षाकोठा, आवासीय विद्यार्थीका लागि नौवटा शयन कक्ष, चारवटा अध्ययन कक्ष, वार्डेन कार्यालय, एउटा बैठक कक्ष, एउटा साझा हल, तीनवटा भण्डारण कक्ष र प्रत्येक तल्लामा छात्र र छात्राका लागि छुट्टै सरसफाईका सुविधाहरु रहेका छन् ।

    जिल्ला समन्वय समिति ईलामले यस परियोजनाको कार्यान्वयन गरेको हो । यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

    शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पुरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग भारत सरकार र जनताको तर्फबाट जोडिन पाएकोमा भारतीय दूतावास खुशी व्यक्त गर्दछ । भारतले विज्ञप्ती जारी गर्दै उल्लेख गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण ९ २०७७०४:३३:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend