आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भारतबाट आउने महिलालाई तत्काल नागरिकता दिनुपर्छ : डा. कोइराला

भारतबाट आउने महिलालाई तत्काल नागरिकता दिनुपर्छ : डा. कोइराला

  • मिडिया डबली
  • शनिवार, आषाढ ६ २०७७

  • 38.1K
    SHARES

  • भारतबाट आउने महिलालाई तत्काल नागरिकता  दिनुपर्छ : डा. कोइराला

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले भारतबाट विवाह गरेर आउने महिलालाई तत्काल नागरिकता दिनुपर्ने माग राखेका छन् ।

    टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग शुक्रबार कुरा गर्दै डा.कोइरालाले बिहे गरेर आउनेवित्तिकै विदेशी महिलालाई नागरिकता दिनुपर्ने बताए । उनले विदेशी महिलालाई नागरिकता दिँदैमा नेपाललाई फिजी बनाउन नसकिने बताए ।

    ‘विदेशी महिलाले विवाह गरेर आइसकेपछि आफ्नो नागरिकता बुझाइसकेको छभने विदेशी बुहारीलाई नागरिकता दिन केको आपत्ति र?’, उनले प्रतिप्रश्न गर्दै भने, ‘अरु (भारत)को हामीले किन फलो गर्ने ? हाम्रो आफ्नै हुनु पर्यो नि ।’

    ‘न्यायाधीश बन्न नदिने, प्रधानमन्त्री बन्न नदिने, राष्ट्रपति बन्न नदिने यो ठीक हो’, महामन्त्री डा.कोइरालाले भने, ‘किन सात वर्ष लगाउने ? किन पर्खिने ?’

    ‘अहिलेको अवस्थामा कांग्रेसको विमती छ । ०६२/६३ को आन्दोलनपछि राखिएको नागरिकताको व्यवस्था ठीक छ’, उनले भने, ‘नागरिकता दिएर नेपाल फिजी बन्दैन । विवाह गरेर ल्याइसकेपछि नागरिकता दिनुपर्छ ।’

    विदेशी महिलालाई विवाह गरेर आएको सात वर्षपछि मात्रै वैवाहिक अंगिकृत नागरिकता दिनुपर्ने भनेर आवाज उठेका बेला कांग्रेसका महामन्त्री डा.कोइरालाले विदेशी महिलाहरूलाई विवाह गरेर आउनेवित्तिकै नागरिकता दिनुपर्ने अडान लिएका हुन् ।

    ०६२/६३ को आन्दोलनपछि भारतीय नागरिकहरूले नेपाली नागरिकता लिएको भनेर आवाज उठेको छ । त्यस बेला विवाह गरेर आउनेवित्तिकै भारतीय महिलालाई नेपाली नागरिकता दिने प्रावधान समेत राखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend