काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र चलायमान बनाउन विभिन्न क्षेत्रका प्रतिनिधिसँग श्रृंखलाबद्ध छलफल र भेटघाट गरे पनि त्यसको तत्काल सकारात्मक प्रभाव नदेखिएको सेयर बजार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्ययोजनापछि भने हरियाली बनेको छ।
अर्थमन्त्री वाग्लेले सोमबार सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ पछि मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४८.५७ अंकले बढेर २६३३.६२ बिन्दुमा पुगेको हो।
मंगलबार ८ अर्ब २९ करोड १७ हजार रुपैयाँ बराबरको कारोबार भयो। कारोबार भएका २६५ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको घटेको छ भने एउटा कम्पनीको मूल्य स्थिर रह्यो।
नेप्सेका सबै समूहगत उपसूचक बढेका छन्। सरकारले पुँजी बजार सुधारका लागि अघि सारेका नीतिले लगानीकर्ताको मनोबल बढाउँदा बजारमा सकारात्मक प्रभाव परेको अनुमान गरिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।