बिहिवार, आश्विन १ २०८३Sep 17 2026

Logo
images images

विपद् व्यवस्थापनमा एआईदेखि ड्रोनसम्म, सरकारको नयाँ तयारी

विपद् व्यवस्थापनमा एआईदेखि ड्रोनसम्म, सरकारको नयाँ तयारी

  • मिडिया डबली
  • बुधवार, भाद्र ३१ २०८३

  • 627
    SHARES

  • विपद् व्यवस्थापनमा एआईदेखि ड्रोनसम्म, सरकारको नयाँ तयारी

    काठमाडौं - विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद् प्रभावित क्षेत्रमा राहतसँगै डीएनए परीक्षण, वैज्ञानिक प्रयोगशाला पुनस्र्थापना र अत्याधुनिक पूर्वचेतावनी प्रणालीको काम तीव्र बनाइएको बताएका छन्।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री पुनले विपद्मा बेपत्ता तथा मृतकको पहिचानका लागि डीएनए परीक्षण युद्धस्तरमा भइरहेको जानकारी दिए। नास्टमा दैनिक ४० देखि ५० वटासम्म नमुना परीक्षण भइरहेको छ भने राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मृतकका १ हजार ५६२ नमुना प्राप्त भइसकेका छन्। डीएनए परीक्षणमा सहयोग गर्न भारतबाट नौ र चीनबाट १५ जना विशेषज्ञ नेपाल आएका छन्।

    मन्त्री पुनका अनुसार विपद्को पूर्वानुमान तथा निगरानीका लागि एआई र भूउपग्रह प्रविधिमा आधारित पूर्वचेतावनी प्रणाली विकास गर्न ‘सिचुएसन रुम’ स्थापना गर्ने तयारी भइरहेको छ।

    उद्धार तथा राहत वितरणमा ८० देखि १०० किलोग्रामसम्म भार बोक्न सक्ने ठूला ड्रोन प्रयोग भइरहेको बताउँदै उनले दीर्घकालीन रूपमा नेपालमै ड्रोन उत्पादन गर्ने सम्भावनाबारे अध्ययन भइरहेको जानकारी दिए।

    यसैबीच, विपद् प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउने काम तीव्र बनाइएको छ। मन्त्री पुनका अनुसार राहत सामग्री बोकेर आएका विमानबाट दैनिक दुईदेखि तीन ट्रिपसम्म सामग्री नेपाल आइरहेको छ।

    विपद् उद्धार कोषमा सहयोग गर्न मन्त्रालयका कर्मचारीले तहअनुसार दुईदेखि १० दिनसम्मको तलब योगदान गर्ने निर्णयसमेत गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख १८ २०८००७:५३:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend