काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले आफ्नै सरकारको कार्यकालमा महँगी बढेको भन्दै सरकारप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद प्रसाईंले देश विपद्को चपेटामा परिरहेका बेला बजारमा महँगी बढेको बताएका हुन्।
उनले भने, ‘एकातिर देश विपत्ले छटपटाइरहेको बेला अर्कोतिर बजार उद्दण्ड भयो र मेरै सरकारको पालामा महँगीले अग्रगामी छलाङ लगायो । प्याज, चिनी, चामल, तेल हरेक चिजको भाउ बढ्यो । चिल्ला गाडी चढ्नेहरूलाई फरक परेन, तर हामीजस्ताको ढाड सेकियो त।’
प्रसाईंले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिको प्रत्यक्ष असर सर्वसाधारणमा परेको भन्दै विपद्को समयमा बजार व्यवस्थापन र महँगी नियन्त्रणमा सरकार गम्भीर हुनुपर्ने संकेत गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।