बिहिवार, आश्विन १ २०८३Sep 17 2026

Logo
images images

विपद्को घडीमा नेपाललाई सहयोग जारी राख्ने अमेरिकी प्रतिबद्धता

विपद्को घडीमा नेपाललाई सहयोग जारी राख्ने अमेरिकी प्रतिबद्धता

  • मिडिया डबली
  • बुधवार, भाद्र ३१ २०८३

  • 957
    SHARES

  • विपद्को घडीमा नेपाललाई सहयोग जारी राख्ने अमेरिकी प्रतिबद्धता

    काठमाडौं - प्रधानमन्त्री वालेन्द्र साह र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालमा पछिल्लो समय देखिएको विपद्, जलवायु परिवर्तन तथा पर्यटन र लगानीका विषयमा छलफल भएको हो।

    भेटका क्रममा प्रधानमन्त्री साहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गरे। उनले रसुवामा आएको बाढीका कारण नेपाली नागरिकसँगै केही विदेशी नागरिकसमेत प्रभावित भएको जानकारी गराए।

    प्रधानमन्त्री साहले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावका कारण नेपालले पछिल्ला वर्षहरूमा ठूला प्राकृतिक विपद्को सामना गर्नुपरेको उल्लेख गर्दै जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण र त्यसको प्रभाव सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

    भेटमा नेपालको पर्यटन सम्भावना र पर्यटन क्षेत्रको विकासका विषयमा पनि छलफल भएको थियो। प्रधानमन्त्री साहले पर्यटनमार्फत नेपाल र अमेरिकाबीच पारस्परिक लाभका विभिन्न अवसर सिर्जना गर्न सकिने उल्लेख गर्दै नेपाल अमेरिकी लगानीका लागि खुला रहेको स्पष्ट पारे।

    सो अवसरमा अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले रसुवामा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरिन्। उनले प्रभावित परिवार तथा समुदायप्रति समवेदना प्रकट गर्दै विपद्को यस कठिन समयमा अमेरिकी सरकार नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताइन्।

    राजदूत बोल्डिनले आगामी दिनमा उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यमा आवश्यक सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तयार रहेको जानकारीसमेत गराइन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०८३११:४०:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend