बिहिवार, आश्विन १ २०८३Sep 17 2026

Logo
images images

‘सरकार मूकदर्शक बन्यो, बजारमा मनपरी बढ्यो’ : अर्जुननरसिंह केसी

‘सरकार मूकदर्शक बन्यो, बजारमा मनपरी बढ्यो’ : अर्जुननरसिंह केसी

  • मिडिया डबली
  • बुधवार, भाद्र ३१ २०८३

  • 369
    SHARES

  • ‘सरकार मूकदर्शक बन्यो, बजारमा मनपरी बढ्यो’ : अर्जुननरसिंह केसी

    काठमाडौं -  नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बाढीपहिरोको संकटका बेला बजारमा कालोबजारी र मूल्यवृद्धि बढे पनि सरकार मूकदर्शक बनेको आरोप लगाएका छन्।

    बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै केसीले विपद्का बेला कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि भार थप्ने काम भइरहेको भन्दै तत्काल बजार अनुगमन र कालोबजारी नियन्त्रण गर्न माग गरे।

    उनले सरकारको मौनताले विपद्बाट पीडित नागरिकको पीडामाथि थप चोट पुगेको टिप्पणी गरे। ‘यो बिचौलिया पोस्ने र अकर्मण्य बन्ने लाइसेन्स कदापि होइन,’ उनले भने।

    केसीले रसुवा र नुवाकोटमा बाढीका कारण जनजीवन प्रभावित भइरहे पनि खोज तथा उद्धार प्रभावकारी हुन नसकेको बताए। प्रभावित क्षेत्रमा रोगव्याधिको जोखिम बढेको भन्दै उनले संसदबाट उच्चस्तरीय सर्वदलीय समिति गठन गर्न माग गरे। आवागमन सहज बनाउन बेत्रावतीदेखि गल्छीसम्म तत्काल पाँच वटा बेलिब्रिज निर्माण गर्नुपर्ने उनको माग छ।

    खाद्यान्नदेखि ग्याससम्म मूल्य बढेको दाबी

    केसीले बजारमा चामल, तेल, चिनी, मासु र अण्डालगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको दाबी गरे। उनका अनुसार काठमाडौं उपत्यकामा ग्यासको मागअनुसार आपूर्ति हुन नसकेको अवस्थामा कालो बजारमा महँगो मूल्यमा सिलिन्डर बिक्री भइरहेको छ।

    ‘२० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने नियम केवल कागजमै सीमित छ,’ भन्दै उनले बजार अनुगमन गर्ने निकायको भूमिकामाथि प्रश्न उठाए।

    सरकारले तत्काल बजार अनुगमन तीव्र बनाउँदै कालोबजारी नियन्त्रण र आपूर्ति सहज नगरे पीडित जनता सडकमा उत्रिन बाध्य हुने चेतावनीसमेत सांसद केसीले दिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र ११ २०८२१०:५०:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend