आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

अर्जुननरसिंह केसीको चेतावनी : न निर्वाचन न संसद् पुनःस्थापना, अब नयाँ जंगबहादुर जन्मिन्छ

अर्जुननरसिंह केसीको चेतावनी : न निर्वाचन न संसद् पुनःस्थापना, अब नयाँ जंगबहादुर जन्मिन्छ

  • मिडिया डबली
  • आइतवार, माघ ४ २०७७

  • 6.3K
    SHARES

  • अर्जुननरसिंह केसीको चेतावनी : न निर्वाचन न संसद् पुनःस्थापना, अब नयाँ जंगबहादुर जन्मिन्छ

    काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी संविधान क्षतविक्षत गरी निर्वाचन भए संविधान नै समाप्त हुने चेतावनी दिएका छन् ।

    संविधान नै समाप्त गरी भएको निर्वाचनले नयाँ जंगबहादुर जन्माउने प्रबल सम्भावना रहेको उनको भनाइ छ ।

    प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै गम्भीर आशंका र अनिश्चयको यात्रा सुरु भएको बताउँदै देश २०५९ देखि २०६३ सालतिरको अवस्थामा पुग्ने उनको अनुमान छ ।

    प्रधानमन्त्री ओलीले संविधान र कानुन नमान्दै आफ्नै ढंगले चलेको आरोप लगाउँदै उनकै कारण देशमा नयाँ जंगबहादुर जन्मिने खतरा देखिएको उनको भनाइ छ । 

    आइतबार बिहान सामाजिक सञ्जालमार्फत केसीले यस्तो चेतावनी दिएका हुन् ।

    उनले लेखेका छन्, ‘गम्भीर आशंका र अनिश्चयको यात्रा प्रमको संसद विघटनसँगै सुरु भएको छ।न संसद पुनर्स्थापन, न निर्वाचन पुनः २०५९/६३ पछिको यात्राको पुनरावृत्तितिर देश उन्मुख देखिन्छ। संविधानलाई क्षत बिक्षत गर्दै यदि निर्वाचन नै भए पनि संविधान समाप्त हुने र नयाँ जंगबहादुर जन्मने प्रबल सम्भावना देखिन्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend