आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

अर्जुननरसिह केसीले ओली भेटेपछि तरंग, कांग्रेस–एमाले सरकार बनाउन छलफल

अर्जुननरसिह केसीले ओली भेटेपछि तरंग, कांग्रेस–एमाले सरकार बनाउन छलफल

  • मिडिया डबली
  • सोमवार, मंसिर २६ २०७९

  • 3.8K
    SHARES

  • अर्जुननरसिह केसीले ओली भेटेपछि तरंग, कांग्रेस–एमाले सरकार बनाउन छलफल

    काठमाडौं - नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी चतुर खेलाडी हुन् । सत्ता समीकरणमा फेरबदल गर्न सक्ने नेताका रूपमा उनी परिचित छन् ।

    उनै केसी आइतबार साँझ एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगेर दुई घन्टासम्म सरकार बनाउने विषयमा छलफल भएको तथ्य खुलेको छ । यसपटकको निर्वाचनमा कुनै पनि दललाई जनताले बहुमत नदिएपछि मिलिजुली सरकार बनाउनुपर्ने अवस्था छ ।

    त्यसमा पनि को प्रधानमन्त्री बन्ने भन्ने विषयले सबैलाई उल्झन बनाइरहेका बेला ओली र केसीबीच कांग्रेस र एमालेको सरकार बनाउने छलफल भएपछि राजनीतिमा ठूलै तरंग सिर्जना भएको छ । नेता केसी ओलीको निमन्त्रणामा बालकोट पुगेको थिए ।

    भेटमा दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जानकारी दिइएको छ । त्यस्तै नयाँ सरकार गठन र अर्थतन्त्र सुधारको सन्दर्भमा दलहरूबीच एकता र सहकार्य खाँचो रहेकोमा दुई नेता सहमत भएको नेता केसीले जानकारी दिए। भेटमा जनजीविकाका सवालमा उठेका आवाजहरू सामूहिक रूपमा समाधान गर्ने पनि दुई नेताले प्रतिबद्धता जनाएका थिए ।

    यसको साथै द्वन्द्वकालीन मुद्दाहरू किनारा लगाउने सहमति भएको केसीको भनाइ छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिले आफू प्रधानमन्त्री बन्ने भनेर दाबी गर्दै हिँडेपछि कांग्रेसमा अहिलेको सत्तागठबन्धनको विकल्पबारे बहस सुरु भएको हो ।

    यही मेसोमा ओलीले कांग्रेसका चतुर खेलाडी केसीलाई आमन्त्रण गरेर सत्ता सहकार्यबारे मनपेट बुझेको स्रोतले बतायो । केसी माओवादीसँग तालमेल गर्न नहुने पक्षमा छन् । बरु कांग्रेस र एमालेको बहुमतको सरकार बनाएर ढुक्कले पाँच वर्ष सरकार चलाउन सकिने उनको बुझाई छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र ११ २०८२११:४६:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend