काठमाडौँ — नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट कम्तीमा ३१ जना निवर्तमान केन्द्रीय सदस्यहरू १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते हुने गाउँ–नगर वडा अधिवेशनमा सहभागी हुने भएका छन्।
सोमबार खड्का निवास गोल्फुटारमा भएको छलफलपछि नेताहरू अधिवेशन प्रक्रियामा सहभागी हुने निष्कर्षमा पुगेका हुन्।
नैनसिंह महरसहितका नेताहरूले आफूहरू वडा अधिवेशनमा सहभागी हुने बताएका छन्। पार्टी एकताका लागि दुवै पक्षबीच संवाद र सहमतिको पहल जारी राख्ने उनीहरूको भनाइ छ।
तर, सर्वोच्च अदालतमा विशेष महाधिवेशनविरुद्ध पुनरवलोकनको रिट दिएका खड्का भने हाल कुनै पनि अधिवेशनमा सहभागी नहुने पक्षमा छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।