काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज आईतवार गरिएको एन्टिजेन र पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखाएको महामन्त्री खड्काले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
खड्कालाई शुक्रवारदेखि ज्वरो, खोकी लगायत स्वास्थ्य समस्या देखिएपछि कोरोना परीक्षण गरिएको थियो ।
खड्काले ट्विटरमा लेखेका छन्, ‘धेरै सतर्कताका बाबजुद अन्ततः कोभिडले घेरी छोड्यो ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।