आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भारत–नर्वे सम्बन्धमा नयाँ रणनीतिक साझेदारी

भारत–नर्वे सम्बन्धमा नयाँ रणनीतिक साझेदारी

  • एजेन्सी
  • बिहिवार, जेठ ७ २०८३

  • 231
    SHARES

  • भारत–नर्वे सम्बन्धमा नयाँ रणनीतिक साझेदारी

    ओस्लो- भारत र नर्वेबीच सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउँदै ‘ग्रीन स्ट्राटेजिक पार्टनरशिप’ घोषणा गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नर्वे भ्रमणका क्रममा दुवै देशले स्वच्छ ऊर्जा, हरित प्रविधि, समुद्री अर्थतन्त्र र जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति गरेका हुन्।

    ओस्लोमा नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरेसँग भएको उच्चस्तरीय भेटवार्तापछि सम्बन्धलाई ‘ग्रीन स्ट्राटेजिक पार्टनरशिप’ मा रूपान्तरण गरिएको घोषणा गरिएको हो। मोदीले यो साझेदारीले स्वच्छ ऊर्जा, हरित जलयात्रा, ब्लु इकनोमी, जलवायु सहनशीलता र दिगो विकासका क्षेत्रमा नयाँ सम्भावना खोल्ने बताएका छन्।

    दुई देशबीच विज्ञान, अनुसन्धान, शिक्षा, स्वास्थ्य सेवा, प्रविधि र सीप विकासमा समेत सहकार्य बढाउने समझदारी बनेको छ। विशेषगरी 6G प्रविधि, हरित ऊर्जा, समुद्री पूर्वाधार र नवप्रवर्तनका क्षेत्रमा संयुक्त अनुसन्धान अगाडि बढाउने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    भ्रमणका क्रममा आयोजित भारत–नर्वे बिजनेस एन्ड रिसर्च समिटमा प्रधानमन्त्री मोदीले नर्वेली कम्पनीहरूलाई भारतमा लगानी विस्तार गर्न आग्रह गरेका थिए। उनले भारतको हरित ऊर्जा अभियान, जहाज निर्माण, नवीकरणीय ऊर्जा, स्टार्टअप र फिसरीज क्षेत्रमा सहकार्यका प्रशस्त अवसर रहेको बताएका छन्।

    भारत–नर्वेबीच १२ वटा विभिन्न समझदारी तथा सहकार्य सम्झौतामा हस्ताक्षर भएको बताइएको छ। यी सम्झौताले अन्तरिक्ष अनुसन्धानदेखि समुद्री व्यापार, जलवायु नीति र प्रविधि विकाससम्मका क्षेत्रमा सहकार्यलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

    ४३ वर्षपछि भारतीय प्रधानमन्त्रीको नर्वे भ्रमण भएकाले यसलाई ऐतिहासिक रूपमा पनि हेरिएको छ। विश्लेषकहरूले भारत र नर्डिक देशहरूबीच हरित प्रविधि, व्यापार, ऊर्जा सुरक्षा र आर्कटिक क्षेत्रमा बढ्दो रणनीतिक सहकार्यको संकेतका रूपमा यो भ्रमणलाई व्याख्या गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण ९ २०७७०८:०६:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend