आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भारत र अमेरिकाले विश्वलाई तिव्र रुपमा बाउन्स ब्याक गराइरहेको छ : मोदी

भारत र अमेरिकाले विश्वलाई तिव्र रुपमा बाउन्स ब्याक गराइरहेको छ : मोदी

  • मिडिया डबली
  • बिहिवार, श्रावण ८ २०७७

  • 5.9K
    SHARES

  • भारत र अमेरिकाले विश्वलाई तिव्र रुपमा बाउन्स ब्याक गराइरहेको छ : मोदी

    काठमाडाैं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अमेरिकाले कोरोना भाइरसको माहामारीका कारण थला परेको विश्वलाई पुन सञ्चालनका लागि उल्लेख्य योगदान गरिरहेको बताएका छन् । अमेरिकी भारत व्यापार परिषद्ले आयोजना गरेको इन्डिया आइडिया सम्मेलनमा बोल्दै प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् ।

    परिषद्ले भारत र अमेरिकी अधिकारीहरुलाई आर्थिक संकटसँग जुध्नका लागि विभिन्न किसिमका एजेण्डाहरु बनाउँन लगाएको छ । सम्मेलनमा बोल्दै प्रधानमन्त्री मोदीले अमेरिकी लगानीकर्ताहरुलाई भारतका विभिन्न कम्पनीहरुमा लगानी गर्नका लागि आग्रह गरेका छन् ।

    माहामारीबाट उम्कनका लागि भारत र चीनले जनतादलाई प्रतक्ष्यरुपमा फाइदा मिल्ने किसिमका योजनाहरु अघि सार्ने मादीले बताएका छन् । माहामारीले विश्वव्यापी अर्थतन्त्र परनिर्भर रहेको सिकाएको उनले बताएका छन् ।
     
    पछिल्ला ६ वर्षयता अर्थतन्त्रलाई पारदर्शी, डिजिटलाइजड, गुणस्तरिय बनाउनका लागि भारतले योजना अनुरुप काम गरिरहेको उनले बताएका छन् । नीतिगत सुधार समेत ल्याएर भारत लगानीका लागि एक राम्रो अवसरका रुपमा अभिएको उनले बताएका छन् ।

    यसबाहेक भारतमा प्रविधिमा क्षेत्रमा समेत उल्लेख्य किसिमको सुधार आएको उनले बताएका छन्  । पछिल्लो समय दुर्लभ ठाँउहरुमा समेत इन्टरनेटका प्रयोगकर्ताहरु ठूलो संख्यामा वृद्धि तथ्यांकले देखाएको छ ।

    यसबाहेक ५ जी, विकास निमार्णय, स्वास्थ्य, शिक्षा,उड्यन, पर्यटन, बैंकवित्त लगायतका क्षेत्रमा लगानी गर्नका लागि समेत आग्रह गरेका छन् । यसबाहेक भारतले प्रत्येक वर्ष ठूलो मात्रामा बाह्यलगानी भित्र्याइरहेको समेत उनले बताएका छन् । पछिल्लो तथ्यांक अनुसार भारतमा सन् २०१९ र २० को अहिलेसम्म करिब ७४ अर्ब अमेरिकी डलर विदेशी लगानी भिभिएको छ ।

    बाहिरी लगानी भित्रिनु भनेको व्यापारका क्षेत्रमा नाफा हुनु हो भन्दै उनले लगानी एवं व्यापारका लागि अमेरिकासँग राम्रो सहकार्य गर्दै अघि बढ्ने बताएका छन् । उनले भारत र अमेरिका साझा मानका दुई प्रजातन्त्र रहेको बताउँदै अब दुवै देशले विश्वलाई माहामारीबाट उम्कनका लागि उल्लेख्य काम गरिरहेको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७०५:२८:३२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend