काठमाडौँ- भारतले साउथ चाइना सी विश्वको साझा सम्पत्तिको हिस्सा भएको बताएको छ । त्यहाँ शान्ति र स्थायित्व कायम गर्नु विश्वभरका मुलुकको दायित्व हो ।
भातीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले अन्तर्राष्ट्रिय जलमार्गमा वैध व्यापार र अन्य वैध गतिविधिका लागि स्वतन्त्र हुनुपर्ने कुरामा स्पष्ट भएको बताएका छन् ।
साउथ चाइना सीका विषयमा चिनियाँ दाबीलाई अमेरिकाले खारेज गरिरहेको र यसका भारतको धारणा के हो भन्ने प्रश्नको जवाफमा प्रवक्ता श्रीवास्तवले यस्तो बताएका हुन् ।
"हामीले विभिन्न फोरमहरुमा साउथ चाइना सीका विषयमा आफ्नो धारणा स्पष्ट पारेका छन् । २१ मे, २०२० पछि बारम्बार हामीले हाम्रो धारणा स्पष्ट गरेका छौं । साउथ चाइना सी विश्वव्यापी सम्पत्ति हो ।
त्यहाँ शान्ति र स्थायित्व हुनुपर्छ भन्ने हाम्रो स्वार्थ रहेको छ । हामी स्पष्टरुपमा नेभिगसन स्वतन्त्र हुनुपर्ने र अन्तर्राष्ट्रिय कानुनको पालना अनुसार जलमार्गको प्रयोग गर्न पाउनुपर्ने पक्षमा दृढ छौं," उनले भने । उनले भारत हरेक विवादहरु शान्तिपूर्ण संवादमार्फत समाधान होस् भन्ने चाहेको बताए ।
"यो समस्या पनि कानुनसम्मत तरिका कुटनीतिक प्रक्रियाबाट कुनै शक्तिको जोखिम नहुने गरी संवादमार्फत समाधान होस् भन्ने पक्षमा छौं ।"
यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले साउथ चाइना सीका स्रोतहरुमा चिनियाँ दाबीलाई खारेज गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।