भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गलवान भ्यालीमा चिनियाँ घुसपैठको प्रयासलाई सीमामा तैनाथ भारतीय सेनाले विफल बनाएको र दुश्मनलाई यो निकै ठूलो मूल्य चुकाउनु परेको बताएका छन् ।
भारतले सरकारले शनिबार बिहार रेजिमेन्टमा १६ सैनिकले चिनियाँ प्रयासलाई विफल पारेको स्पष्ट पारेको छ । यो ४५ वर्षयताकै सबभन्दा खराब झडप भएको बताइएको छ ।
शुक्रबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीले वास्तविक नियन्त्रण रेखा (एलएसी) पार गरेको हुने कुनै पनि गतिविधिलाई भारतले प्रतिक्रिया दिने र आवश्यक कारबाही अघि बढाउने बताएका हुन् । यसपटक चिनियाँ सेना निकै ठूलो संख्यामा एलएसी पार गरेर आएको र भारतीय संगठित सैनिक फौजले उक्त प्रयसालाई असफल पारेको थियो ।
केही सञ्चारमाध्यमहरुमा गलत रिपोर्टहरु आएकोप्रति चिन्ता व्यक्त गर्दै एलएसी पार गरेर चिनियाँ सैनिकले भारती क्षेत्रमा प्रवेश गरेपछि भारतले उनीहरुमाथि प्रतिक्रिया बर्साएर चिनियाँ सेनालाई पछि हट्न बाध्य पारेको थियो ।
प्रधानमन्त्री मोदीले सर्वदलीय बैठकमा २० जना वीरहरुको बलिदानप्रति सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली अपर्ण गरेका थिए । अहिले भारतीय क्षेत्रमा चीनको कुनै पनि किसिमको उपस्थित नभएको प्रधानमन्त्री मोदीले स्पष्ट पारेका छन् ।
एलएसी पार गरेर आउने शक्तिलाई भारतीय वीरहरुले ठूलो पाठ सिकाएको प्रधानमन्त्री मोदीले बताएका छन् । उनले भने, "हाम्रो सैन्य फौजलाई सीमा सुरक्षाका लागि कुनै कसर बाँकी राखेका छैनन् ।
प्रधानमन्त्री मोदीले बैठकमा ८ वटा मुख्य कुराहरु उल्लेख गरेका थिए । जसमा भारतीय सेनालाई आफ्नो सीमा रक्षाका लागि पूर्ण अधिकार दिइएको छ ।एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।