आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नर्वेको सर्वोच्च सम्मान, बिश्वभर चर्चामा !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नर्वेको सर्वोच्च सम्मान, बिश्वभर चर्चामा !

  • मिडिया डबली
  • बिहिवार, जेठ ७ २०८३

  • 330
    SHARES

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नर्वेको सर्वोच्च सम्मान, बिश्वभर चर्चामा !

    काठमान्डौ-  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नर्वेले त्यहाँको सर्वोच्च सम्मानबाट सम्मानित गरेको छ । नर्वेका राजा हाराल्ड पाँचौंले प्रधानमन्त्री मोदीलाई सर्वोच्च सम्मान 'रोयल नर्वेजियन अर्डर अफ मेरिट' को ग्रान्ड क्रस प्रदान गरेका हुन ।

    यो नर्वेको सर्वोच्च सम्मान मानिन्छ। यससँगै प्रधानमन्त्री मोदीले अहिलेसम्म ३२ अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेका छन् । यसअघि आइतबारमात्रै स्वीडेनले पनि उनलाई आफ्नो सर्वोच्च सम्मानबाट सम्मान गरेको थियो।

    सम्मानित भएसँगै सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, 'रोयल नर्वेजियन अर्डर अफ मेरिटको ग्रान्ड क्रस प्राप्त गर्न पाउँदा खुशी छु । यो सम्मान भारतका जनताप्रति समर्पित छ ।'

    भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले नर्वेको राजधानी ओस्लोमा नर्वेली प्रधानमन्त्री जोनास स्टोरसँग संयुक्त पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनको क्रममा उनले भने, 'गत वर्ष भारत र युरोपेली स्वतन्त्र व्यापार संघ (इफ्टा) देशहरू बीचको ऐतिहासिक व्यापार र आर्थिक साझेदारी सम्झौता लागू भएको थियो।'

    मोदीका अनुसार यो सम्झौताले भारत र नर्वेबीच साझा विकास र समृद्धिको लागि बलियो जग बसाल्नेछ । यो सम्झौताले आगामी १५ वर्षमा भारतमा १०० अर्ब डलरको लगानी र १० लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण ९ २०७७०८:०६:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend