काठमाडौं । नेकपा एमालेले पार्टी छाडेकाहरूलाई पार्टीमा फर्कन आग्रह गरेको छ । अस्ति आइतवारदेखि शुरू भएर हिजो सकिएको एमालेको केन्द्रीय समितिको बैठकले यस्तो आग्रह गरेको हो ।
एमाले विभाजन भएपछि लामो समयसम्म पार्टी र अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट पार्टी छाडेकाहरूलाई फर्केर आउन आग्रहसमेत भएको थिएन । तर यस पटक भने केन्द्रीय समितिको बैठकले नै देशमा समृद्धि ल्याउने शक्ति एमाले मात्रै भएको भन्दै पार्टी विभाजनलगायत कारणले पार्टीबाहिर रहेका र स्वतन्त्र ढङ्गले क्रियाशील रहेकाहरूलाई एमालेमा फर्केर सक्रिय हुन आह्वान गरेको छ ।
एमालेको बैठकमा खिमलाल देवकोटा, ठाकुर गैरे, कृष्णगोपाल श्रेष्ठ, रचना खड्कालगायतका नेताहरूले पार्टीमा फरक मत राखेकै आधारमा नेता÷कार्यकर्तालाई कारबाही गर्ने नहुने बताएका छन् । तर अध्यक्ष ओलीले भने स्वतन्त्रताका नाममा पार्टीलाई बद्नाम गराएर कमजोर बनाउने कुरा सह्य नभएको जवाफ दिनुभएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।