काठमाडौं – सर्वाेच्च अदालतको फैसलापछि ब्यूँतिएको नेकपा माओवादी केन्द्र स्थायी कमिटी बैठक सकिएको छ ।
बैठकपछि निर्णयबारे जानकारी गराउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग छलफल र वार्ता गर्ने निर्णय गरेको जानकारी दिए ।
‘माओवादी केन्द्र स्थायी कमिटी बैठक बसेको छ, संसद, सरकार र राजनीतिक प्रक्रिया, संविधान कार्यान्वयन प्रक्रिया अगाडि बढाउने सन्दर्भमा कांग्रेस, जसपासँग छलफल, परामर्श गर्ने निर्णय गरिएको छ,’ श्रेष्ठले भने, ‘नेकपा एमालेसँग पनि वार्ता प्रक्रिया अगाडि बढाउने छौं । तर मुख्यगरी प्रमुख प्रतिपक्षी दल कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय भएको छ ।’
सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिनेबारे कुनै निर्णय नभएको प्रवक्ता श्रेष्ठले बताए । एमालेतिर रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायत पूर्व माओवादी नेताहरू सर्वाेच्च अदालतको फैसलाको सम्मान गर्दै माओवादीतिरै आउने विश्वास श्रेष्ठले व्यक्त गरे ।
माओवादी केन्द्रले पार्टीलाई प्रशिक्षित गर्न फागुन २९ गते केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ भने चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।