आइतवार, बैशाख २६ २०७८May 09 2021

Logo
images
images
images
images

नेकपामा बल्झियो भयंकर लफडा, यस्तो छ बैठक स्थगित हुनुको भित्रि रहस्य !

नेकपामा बल्झियो भयंकर लफडा, यस्तो छ बैठक स्थगित हुनुको भित्रि रहस्य !

  • मिडिया डबली
  • बिहिवार, बैशाख २५ २०७७

  • 79.4K
    SHARES

  • नेकपामा बल्झियो भयंकर लफडा, यस्तो छ बैठक स्थगित हुनुको भित्रि रहस्य !

    काठमाडौं – सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र मत्थर भएको भनिएको विवाद पुनः नयाँ सिराबाट बल्झिएको छ ।

    बिहीवारलाई तय भएको पार्टी स्थायी समिति बैठक राख्ने/नराख्ने विषयमा सचिवालयभित्र विवाद भएपछि प्रधानमन्त्री केपी शर्मा ओली बैठक छाडेर बाहिरिएका थिए । यसले नेकपाभित्रको विवाद पुनः उत्कर्षमा जाने देखिएको छ ।

    images
    images

    निर्धारित समयभन्दा आधा घण्टापछि बैठक कक्षमा प्रवेश गरेका प्रधानमन्त्री ओलीले बैठकको अध्यक्षता गर्दै स्थायी समिति बैठक रोक्नेबारे छलफल गर्न चाहेका थिए । ‘संसद्को अधिवेशन बोलाइएको छ, सरकारको नीति तथा कार्यक्रम र बजेटको तयारी गर्नुपर्नेछ । कोरोनाविरुद्धको लडाइँलाई अझै प्रभावकारी बनाउनु पर्नेछ,’ सचिवालयका एक सदस्यले प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै भने, ‘अहिलेका प्राथमिकता यी हुन् । पार्टी एकतालाई मजबुत बनाउने र मिलेर जाने कुरा भएकै छ, साथीहरुले अहिलेको अवस्थामा सरकारको बाध्यता बुझिदिनुपर्छ । बैठक बस्ने कुरा रामै्र हो ।’

    बैठकमा ओलीले भनेका थिए, ‘अहिले प्रस्ताव बनाउने साथीहरूले तयार गरेर भ्याउनु पनि भएको छैन । पहिले प्रस्ताव तयार होस्, त्यसपछि सचिवालयमा छलफल गरौं, त्यसपछि स्थायी समितिमा जाऔंला ।’

    प्रधानमन्त्रीले कोरोनाबाहेक अन्य विषयमा अहिले जानु नै बेकार हुने भन्दै प्राथमिकताका सूचीका आधारमा राजनीतिक दल आगाडि जानुपर्ने मत बैठकमा राखेका थिए ।

    स्थायी समिति बैठक पछि धकेल्ने प्रधानमन्त्री ओलीको प्रस्तावपछि सचिवालय बैठकमा विवाद बढेको एक सचिवालय सदस्यले जानकारी दिए । प्रधानमन्त्रीको त्यस्तो प्रस्तावमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनालले विरोध जनाएका थिए ।

    ‘विधि प्रक्रिया अनुसार चल्ने भन्ने, बैठक पनि छल्न खोज्ने ? प्रस्तावमा छलफलमा जान नचाहने अनि कसरी हुन्छ ? २० गतेको सचिवालयको निर्णयको मर्म अनुसार एजेण्डा तय गरौं, प्रस्ताव त्यही अनुसार बनाऔं, स्थायी समिति बैठकमा छलफलमा जाऔं,’ प्रचण्ड र नेपालले प्रधानमन्त्री ओलीको प्रस्तावमा असहमति जनाउँदै भनेका थिए ।

    नेताहरूले बैठकमै जोड गरेपछि प्रधानमन्त्रीले बैठकमा फेरि थपे, ‘सहमति अनुसार जाने हो भने फेरि किन तपाईंहरूले मेराविरुद्ध गुटबन्दी गर्दै हिँडेको ? बाहिर गुट भेला गर्दै हिँड्ने ! यसरी पार्टी चल्छ, अहिले ध्यान केमा दिने ? संसद्मा नीति तथा कार्यक्रम र बजेटमा की अन्य विषयमा ? अहिले मलाई दौडधुप पनि छ । जिउ पनि दुखेको छ, आराम गर्छु । तपाईंहरू बस्दै गर्नुस् ।’

    प्रधानमन्त्री ओलीले स्थायी समिति बैठकमा पेश गर्ने प्रस्ताव तयार भएपछि सचिवालयमा छलफल गरी स्थायी समिति बैठक राख्न सकिने धारणा राखेको जानकारी महासचिव विष्णु पौडेलले दिए । ‘प्रस्ताव तयार गरेर बोलाऔं भन्ने प्रधानमन्त्रीको कुरा थियो । उहाँले आफ्नो कुरा राखिसकेपछि म अलिकति आराम गर्छु, बैठक सञ्चालन गर्नुस् भनेर निस्कनु भएको हो,’ पौडेलले भने ।

    सचिवालयका बहुमत सदस्यले प्रधानमन्त्री ओली आराम गर्न भन्दै बैठक कक्षबाट निस्केपछि सहमतिका आधारमा मात्र बैठक बस्नुपर्ने मत राखेका थिए । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, वामदेव गौतम र पौडेललगायत नेताले प्रधानमन्त्रीसँगै सल्लाह गरी बैठकमा जानुपर्ने बताए । उनीहरूकै मतमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता खनाल र नेपालले पनि सहमति जनाए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

    ‘अब तपाईहरू २ अध्यक्ष छलफल गर्नुहोस्, सल्लाह गर्नुहोस् अनि हामीलाई खबर गर्नुहोला,’ महासचिव पौडेले आफूले राखेको विषयबारे जानकारी दिए । ‘स्थायी समिति सदस्यले बैठक बोलाउन माग गरेको सन्दर्भलाई ध्यान दिएर २० गतेको सचिवालयको मर्म अनुरूप प्रक्रियाका सन्र्दभमा दुई अध्यक्ष कमरेडले अझै गृहकार्य गर्न बाँकी रहेको जानकारी बैठकलाई गराइयो । दुई अध्यक्षलाई कार्यसूची र बैठकका विषयमा निर्णय लिन जिम्मा दिइएको थियो,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि भने ।

    त्यसपछि ओली–प्रचण्डले गरेको छलफलले बिहीवार बिहान ११ बजेका लागि तय भएको स्थायी समिति बैठक स्थगित गर्ने निर्णय लिएका थिए । अब प्रस्ताव तयार पारेर सचिवालयमा छलफल गरेपछि मात्र स्थायी समिति बैठक बस्नेछ। प्रधानमन्त्री ओलीले गत बैशाख ८ गते ल्याएको अध्यादेश प्रकरणपछि नेकपाका स्थायी समिति सदस्यले बैठकको माग गर्दै अध्यक्षद्वयलाई लिखित पत्र बुझाएका थिए । सोही आधारमा २० वैशाखको सचिवालयले बिहीवारका लागि स्थायी समितिको बैठकको मिति तय गरेको थियो । तर यो बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०१:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology