काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गुटगत संघर्ष चर्किएका बेला पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भावुक ट्विट गरेका छन् ।
नेकपा फुटको प्रसंग निकाल्दै प्रवक्ता श्रेष्ठले गरेको ट्विटपछि राजनीतिक वृत्तमा अनेक चर्चा हुन थालेका छन् ।
प्रवक्ता श्रेष्ठले ट्विट गर्दै पार्टी विभाजनको आशंका व्यक्त गरेका छन् । ‘नेपाली जनताको भरोसाको प्यारो पार्टी नेकपालाई फुट र बिसर्जनको खतराबाट बचाऔं, एकता र रुपान्तरणको पक्षमा उभिऔं । आ–आफ्नो ठाउँबाट भूमिका खेलौं, योगदान गरौं । पार्टी एकता र देश तथा जनताको पक्षमा सरकारको सफलता हाम्रो आजको केन्द्रीय कार्यभार हुन् । नीजि स्वार्थ त्यागौं, यो काम पूरा गरौं,’ उनले ट्विटमा लेखेका छन्, ‘गणेशमानजी र किसुनजीले नेका एक राख्न पार्टी परित्यागसम्म गर्नुभयो । त्यो कदम ठीक थियो कि थिएन, बहस होला । तर पार्टी बचाउन गरिएको त्यागको उत्कर्ष हो त्यो । हामी पनि हाम्रो पार्टीलाई बचाउन जे गर्न पनि तयार हुनुपर्छ । तर पार्टीलाई फुटबाट मात्र होइन, बिसर्जनको खतराबाट पनि जोगाउनुपर्छ ।’
नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओली गुट एकातिर र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल गुट अर्काेतिर लागेर लफडा गरिरहेका छन् । ओलीइतरको गुटले उनलाई प्रधानमन्त्रीबाट हटाउन कोसिस गरिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।