आइतवार, चैत्र १२ २०७९Mar 26 2023

Logo
images
images

केपी ओलीलाई र्‍याखर्‍याख्ती पार्ने प्लान : ७० करोड घुसकाण्डदेखि अपहरण काण्ड चर्किने !

केपी ओलीलाई र्‍याखर्‍याख्ती पार्ने प्लान : ७० करोड घुसकाण्डदेखि अपहरण काण्ड चर्किने !

  • मिडिया डबली
  • शुक्रवार, बैशाख २६ २०७७


  • केपी ओलीलाई र्‍याखर्‍याख्ती पार्ने प्लान : ७० करोड घुसकाण्डदेखि अपहरण काण्ड चर्किने !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक कहिले बस्ने भन्ने टुंगो छैन । तर बैठक माग्ने २० सदस्यले भ्रष्टाचार, एमसीसी, अध्यादेश र एक व्यक्तिः एक पदजस्ता विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँग जवाफ माग्ने रणनीति बनाएका छन् ।

    प्रधानमन्त्री ओलीले भने सरकारको ध्यान कोरोना महामारी नियन्त्रण, सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा केन्द्रित भएकाले अहिले लामो बैठकका लागि आफू तयार नभएको जानकारी सचिवालयलाई दिइसकेका छन् ।

    images
    images

    प्रचण्ड र नेपालनिकट नेताहरू भने स्थायी कमिटी छिटो बोलाएर ओलीलाई प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्न बाध्य पार्ने रणनीति बनाउन केन्द्रित भएका छन् ।

    बिहीवार पार्टी कार्यालय धुम्बाराहीमा भेला भएका सदस्यहरुले ढिलो–चाँडो बस्ने स्थायी कमिटी बैठकका लागि सामूहिक एजेन्डा मात्र तय गरेका छैनन्, बैठक तत्काल बोलाउन शीर्ष नेताहरुलाई भेटेरै दबाब दिने समझदारीसमेत बनाएका छन् ।

    अध्यादेश प्रकरणपछि पार्टी स्थायी कमिटी बैठक बोलाउन बैशाख १० गते लिखित मागपत्र पेश गरेपछि उनीहरूले २ सातायता ६ पटकभन्दा बढी छलफल गरेका छन् । २० नेताको समूहले यती समूहलाई गोकर्ण फरेस्ट रिसोर्ट लिजमा दिने प्रकरणदेखि एनसेल प्रकरण, वाइडबडी विमान खरिद प्रकरण उठाउने तयारी गरेका छन् ।

    सेक्युरिटी प्रेस खरिदमा सञ्चारमन्त्रीबाट कमिसन माग गरिएको टेप प्रकरण र कोरोना महामारीविरुद्ध लड्न स्वास्थ्य सामग्री खरिद प्रक्रियामा ओम्नी समूहसँगको साँठगाँठमा भएको विषयमा छानबिन गर्नुपर्ने विषय उठाउने उनीहरूको तयारी छ ।

    ‘ती प्रकरणहरूमा अख्तियार प्राप्त निकायले छानबिन गरी सम्बन्धित व्यक्ति निर्दोष वा दोषी भए/नभएको निक्र्योल गर्नुपर्नेमा कतिपय प्रकरणमा मुछिएका व्यक्तिहरू निर्दोष रहेको घोषणा प्रधानमन्त्री स्वयंले गर्नुभयो,’ बैठकमा उठाउन तयार पारिएको अवधारणापत्रको विषय उद्धृत गर्दै एक नेताले भने, ‘भ्रष्टाचारको आरोप लागेकाहरूमाथि कारबाही हुनु त परै जाओस् छानबिनसमेत नहुने स्थिति सिर्जना गरियो, जसले पार्टी र सरकारप्रति जनमत नकारात्मक बनेका कारण स्थायी कमिटी बैठकमा जवाफ माग्ने हाम्रो तयारी हो ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

    संसद्मा अनुमोदनका लागि विचाराधीन नेपाल सरकार तथा अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताको विषयमा पनि नेता झलनाथ खनाल नेतृत्वको कार्यदलको निष्कर्षका आधारमा अघि बढ्नुपर्ने माग राख्ने समझदारी सदस्यहरुबीच भएको छ । यी सबै विषयवस्तुमा छलफल गर्न छिटो बैठक बोलाउन दबाब हुनुपर्ने उनीहरूको माग छ ।

    सामूहिक छलफल भएको जानकारी दिँदै नेता देवेन्द्र पौडेलले अध्यक्षसहित सचिवालयका नेताहरूलाई भेटेर तत्काल बैठक बोलाउन पुनः ध्यानाकर्षण गराउने समझदारी भएको बताए । ‘फेरि नेताहरुलाई भेट्ने, सरसल्लाह गर्ने, कोरोना महामारी, जनताका जल्दाबल्दा समस्याबारे पार्टीमा छलफल हुनुपर्छ भनेर भेटौं भन्ने समझदारी भएको छ,’ पौडेलले भने ।

    देशको चिरकाल अस्तित्वसँग सम्बन्धित नागरिकतासम्बन्धी विधेयक अगाडि नबढाइएको, संवेदनशील भूमिसम्बन्धी कानुन तथा आयोगबारे पार्टीमा छलफलको आवश्यकता नै नठानिएको, पार्टीमा छलफलै नगरी आयोग गठन गर्ने काम भएकोजस्ता विषय पनि उठाउनका लागि उनीहरूले बुँदागत रूपमै तयारी गरेका छन् । स्थायी समिति सदस्य रघुजी पन्तले भने, ‘त्यसैले व्यक्तिगत हिसाबले विषयवस्तुबारे कुराहरू राखे पनि हामी राजनीतिक विषयमा भने साझा मत र सामूहिक बुझाइका आधारमा आफ्ना मत राख्छौं ।’

    संघीय समाजवादी फोरम नेपाल फुटाउने उद्देश्यमा नेकपाका २ जना सांसद र पूर्वप्रहरी प्रमुखको संलग्नता, अपहरणसम्बन्धी मुद्दा दर्ता, प्रहरीद्वारा मुद्दा दर्ता गर्न अस्वीकार गरिएकोजस्ता घटनाले सरकार र पार्टीको जनविश्वास तथा प्रतिष्ठामा आँच पुगेको उनीहरूको ठहर छ ।

    प्रधानन्यायाधीशलाई प्रधानमन्त्री निवासमा बोलाएर भेट्ने, द्वन्द्वकालीन मुद्दाहरूलाई निहित उद्देश्यका लागि दुरुपयोग गर्नेसम्मको कार्यमा हिस्सेदार बनाउन खोज्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विमति राख्नेहरूसँग प्रतिशोध साँध्ने उद्देश्यका लागि उपयोग गर्न खोजिएकोजस्ता बाहिर आएका चर्चाले सरकार कानुनी शासनबाट विचलित हुन थालेको पनि उनीहरूको आरोप रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०३:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend