सोमवार, आश्विन १० २०७९Sep 26 2022

Logo

प्रचण्डले केपी ओलीको त्यो गोप्य ‘प्लान’ थाहा पाएपछि ...

प्रचण्डले केपी ओलीको त्यो गोप्य ‘प्लान’ थाहा पाएपछि ...

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण २५ २०७७

  • 32.5K
    SHARES

  • प्रचण्डले केपी ओलीको त्यो गोप्य ‘प्लान’ थाहा पाएपछि ...

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि नेत्रविक्रम चन्द ‘विप्लव’माथिको प्रतिबन्ध फुकुवा गर्दै सहमति गराए । सहमतिमा हस्ताक्षर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले वार्ता गरिरहेकोबारे डंका नपिटेको र धेरै पहिलेदेखि प्रयास गरिरहेको जानकारी गराए ।

    यस्तै एउटा घटना मंगलबार सार्वजनिक भयो । प्रधानमन्त्री ओलीले डंका नपिटी, होहल्ला नगरी जनता समाजवादी पार्टी (जसपा) नेपालसँग संयुक्त वार्ता कार्यदल गठन गरेर सरकारमा सहकार्यबारे छलफल गरिरहेको खुलासा भयो ।

    images
    images
    images

    प्रधानमन्त्री ओलीले भित्रभित्रै गोप्य प्लान बनाएर कार्यान्वयन गरिरहेको थाहा पाएपछि प्रचण्ड झस्किए । अनि प्रचण्डले दौडधूप तीब्र पारे । मंगलबारै प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटिसकेका छन् ।

    सर्वाेच्च अदालतको फैसलासँगै नेकपा माओवादी केन्द्र पुनर्जीवित भएपछि एकल निर्णय गर्ने अधिकारसहित पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंमा तीब्र दौडधूप थालेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले चलाइरहेको सरकार उथलपुथल बनाउन प्रचण्डले खुब दौडधूप थालेका छन् । नेकपा एमालेको माधव नेपाल पक्ष अलग भएर गएसँगै प्रचण्ड एकल अधिकारसहित सक्रिय भएका छन् ।

    प्रचण्डले मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक गरेर सबै पदसँग छलफल गर्ने निर्णय गरेका छन् । बैठकले नेपाली कांग्रेस र जसपासँग वार्ता र छलफल गर्ने निर्णय गरेको थियो । बैठकको निर्णयपछि माओवादी अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सत्ता सहकार्यबारे मंगलबारै छलफल गरेका छन् ।

    देउवासँगको छलफलपछि प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेट्न पुगेका छन् । प्रचण्डको दौडधूप सार्थक हुन्छ कि हुँदैन ? हेर्न बाँकी छ । तर प्रधानमन्त्री ओलीले समेत आफ्नो सरकार टिकाउन प्लान बनाइरहेका छन् । ओलीको प्लान भित्रभित्रै गोप्य रहेको छ ।

    यसैबीच, प्रतिनिधि सभाको चौथो ठूलो दल तथा सत्ता फेरबदलमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बैठकको बैठक आज मंगलबार सिंहदरबारमा बस्यो ।

    बैठकमा अध्यक्ष महन्थ ठाकुरले नेकपा एमालेसँग वार्ता गर्न संयुक्त कार्यदल गठन भएको जानकारी गराए । जसपाकै केही शीर्ष नेताहरूलाई समेत थाहा नदिई गोप्य रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य हुन थालेको खुलासा भएपछि नेपाली राजनीतिमा तरङ्ग फैलियो ।

    नेकपा एमाले र जसपा मिलेर सरकार बनाउन सक्ने सम्भावना रहेकाले सरकार बनाउने तयारी गरिरहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र झस्किए । अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई थाहै नदिई एकलौटी रूपमा एमालेसँग कुराकानी गरिरहेकाले पार्टीमा महन्थको मात्रै चलेन ।

    अध्यक्ष उपेन्द्र यादवले जोडबल गर्दै संसदीय दलको बैठकबाट ओलीलाई धक्का लाग्ने निर्णय गराएका छन् । यसअघि ओली सरकारमा सहभागी भएर अपमानित हुँदै बाहिरिएका यादव पुनः ओलीसँग मिल्न चाहँदैनन् ।

    तसर्थ यादवले आगामी सत्ता सहकार्यका लागि सबै दल र पक्षसँग वार्ता गर्ने विकल्प खुला राख्ने निर्णय गराउन सफल भएका छन् । यसअघि जसपा कार्यदलले एमालेसँग मात्रै गोप्य वार्ता गरिरहेको अवस्थामा अब नेपाली कांग्रेस र माओवादी केन्द्रसँग समेत वार्ता हुनेछ ।

    मंगलबार साँझ सिंहदरबारमा सम्पन्न बैठकले नेकपा एमालेसँग मात्रै नभई सबै दल र पक्षसँग वार्ता गर्ने निर्णय गरेको छ । सांसद प्रमोदकुमार साहका अनुसार सबै दलसँग वार्ता गर्ने विकल्प खुला राखिएको बताए ।

    यसअघि सत्ता सहकार्यका लागि एमालेको तर्फबाट विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र डा. राजन भट्टराई तथा जसपाको तर्फबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण सम्मिलित ५ सदस्यीय कार्यदल बनाइएको थियो । वार्ता टोलीमा उपेन्द्र यादवको तर्फबाट समेत १ जना सदस्य थप्ने निर्णय समेत बैठकले गरेको छ । एमालेसँग गठित संयुक्त कार्यदलले ४ पटकसम्म बैठक गरिसकेको स्रोतले जनाएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०१:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend