आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

एमाले नेताहरू आपसमै लड्न थाले, अदालतसम्म पुग्यो मुद्दा

एमाले नेताहरू आपसमै लड्न थाले, अदालतसम्म पुग्यो मुद्दा

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण २५ २०७७

  • 14.2K
    SHARES

  • एमाले नेताहरू आपसमै लड्न थाले, अदालतसम्म पुग्यो मुद्दा

    काठमाडौं – सर्वाेच्च अदालतले नेकपा एमाले ब्यूताएपछि एकै पार्टीमा पुगेका राष्ट्रियसभा सांसद तथा गायिका कोमल वली र नेता रघुजी पन्त आपसमै लड्न थालेका छन् ।

    गायिका वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी छन् ।

    सांसद वलीले पन्तलाई विद्युतीय तथा अन्य आमसञ्चार माध्यमबाट बेइज्जती गरेको भन्दै विपक्षी बनाई क्षतिपूर्ति तथा मुद्दामा लागेको खर्च दिलाई पाउँ भन्दै मुद्दा हालेकी छन् ।

    वलीले मुलुकी फौजदारी कार्यविधि संहित २०७४ को दफा ५३ को उपदफा १ बमोजिम हदैसम्मको कारवाहीको माग गरेकी छन् । जिल्ला अदालत काठमाडौंमा उनको मुद्दा दर्ता भएको छ ।

    केही दिनअघि नेता पन्तले केपी ओलीले सारी सर्काएपछि योगदान नभएका नेत्रीहरूलाई सांसद बनाएको अभिव्यक्ति दिएका थिए । त्यसक्रममा पन्तले कोमल वलीको नाम समेत लिएका थिए । त्यो अभिव्यक्तिविरुद्ध वलीले अदालतमा मुद्दा दिएकी हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २५ २०७७०४:०२:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend