काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको कृपाले राष्ट्रियसभा सदस्य बनेकी गायिका कोमल वलीको आगामी बैशाखका लागि तोकिएको चुनावको तयारीमा लागेकी छन् ।
चुनाव केन्द्रित हुँदै ओली पक्षले गीत नै सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा केन्द्रित रहेर वलीले नयाँ गीत सार्वजनिक गरेकी छन् ।
‘फेरि पनि ल्याउनुपर्छ केपी ओलीलाई’ बोलको गीतमा ओली व्यक्ति नभई विचारको खानी भएको चर्चा गरिएको छ ।
फौदबहादुर बस्नेत र ध्रुवराज धिताल समेतको स्वर रहेको गीतमा ओलीलाई नेपालीको ढुकढुकी र भरोसाको त्यान्दो भन्दै खुब प्रशंसा गरिएको छ । पूरै गीतमा प्रशंसा र ओली समृद्धिको संवाहक भएको दाबी गर्दै भन्दै देशका लागि उनी चाहिने नेता भएको चर्चा गरिएको छ ।
हेर्नुहोस् भिडियो –
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।