आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कोमल वलीले बिहे नगर्नुको भित्रि रहस्य, त्यो पत्रले बदलेको सोच !

कोमल वलीले बिहे नगर्नुको भित्रि रहस्य, त्यो पत्रले बदलेको सोच !

  • मिडिया डबली
  • मंगलवार, माघ ६ २०७७

  • 8.7K
    SHARES

  • कोमल वलीले बिहे नगर्नुको भित्रि रहस्य, त्यो पत्रले बदलेको सोच !

    काठमाडौं – चर्चित गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल वलीले प्रायः सधैं एउटै प्रश्न झैल्दै आउनुपरेको छ, ‘तपाईंले अहिलेसम्म किन विवाह नगर्नुभएको हो र कहिले विवाह हुन्छ ?’

    यस प्रश्नले दिक्क भएकी गायिकाले अब भने विवाह नगर्ने सोच बनाएकी छन् । उनले भनिन्, ‘खै अब त के विवाह गरिएला र ! मैले धेरै विवाहितहरूको अवस्था हेरेर पनि विवाह गर्ने चाहना नै हराइसकेको छ ।’

    एक समय थियो । जब उनले स्कूलबाट एसएलसी पास गरेकी थिइन् । त्यतिबेला उनी एक जना साथीको विवाहमा गइन् । सो विवाहको क्रममा उनले ती साथीलाई बेहुलीको रूपमा तयार गरिन् ।

    त्यतिबेला उनले पनि बेहुली बनेर पतिको घरमा जाने कल्पना गरेकी थिइन् । उनले भनिन्, ‘अझ बेहुला पक्षका केही केटाहरुले मलाई तपाईं त कत्ति राम्रै भन्दै विवाहको प्रस्तावसँगै राखेका थिए । त्यतिबेला मलाई जीवनमा बेहुली त बन्नैपर्छ जस्तो लागेको थियो ।’

    ती साथीलाई अन्माएर बेहुलासँग पठाउँदा साथी रोएपछि उनलाई केही नमज्जा पनि लाग्यो । तर त्यसको केही दिनमै आफ्नो साथीलाई पतिले औधी माया गरेको देखेर उनलाई फेरि विवाह गर्ने चाहना जागेको थियो ।

    स्कूले जीवन सकेर उच्च शिक्षा हासिल गर्न काठमाडौं आएपछि उनी गायन र खेलकुदमा व्यस्त रहिन् । त्यो समय उनी एथलेटिक्सतर्फ राष्ट्रिय खेलाडी थिइन् । उनी २०४४ सालमा गायिका समेत भइसकेकी थिइन् । गायन र खेलकुदले उनलाई व्यस्त बनाउँदै गयो ।

    उनले भनिन्, ‘त्यो समय घरमा धेरै लमीहरू आएर बुबावामासँग मेरो विवाहको कुरा चलाए । तर म यता काठमाडौंमा खेलकुद र गायनमै व्यस्त रहेको कारण ती लमीहरूको चाहना पूरा हुन सकेन ।’

    अझै पनि उनलाई केही आफन्तले विवाह गर्नुपर्छ भन्दा रहेछन् । तर उनलाई अब विवाहप्रति चासो छैन ।

    त्यस समय गायिका कोमल वलीलाई माया गर्नेहरु धेरै थिए । उनले भनिन्, ‘धेरैले माया गर्छु भन्थे । तर म उनीहरूलाई साथीको रुपमा लिन्थें ।’ सोही कारण त्यतिबेला आफूले केटाहरुलाई मरिहत्ते गरेर प्रेम नगरेको पनि गायिका वलीले बताइन् ।

    कोमल वलीको भनाइमा त्यतिबेला फोन तथा मोबाइलको जमाना थिएन । आफूलाई मन पराउनेहरुले पत्रमित्रको रुपमा चिठ्ठी पठाउने गरेको वलीले बताइन् । ‘पत्रमा सबैले तपाईं साह्रै राम्री हुनुहुन्छ भन्थे । अझ म २०५० सालबाट रेडियो नेपालमा समाचार वाचिकाको श्रपमा अनुबन्धित भएपछि त मन पराउँछु भन्नेहरुको चिठ्ठी यति धेरै आयो कि त्यसको सीमा छैन,’ उनले सम्झिइन् । त्यतिबेला आएका चिठ्ठीहरु अझै केहीप्रति आफूूसँग भएको पनि उनले जानकारी दिइन् ।

    एउटा चिठ्ठीको एक लाइनले गायिका वलीको जीवनको यात्रा नै परिवर्तन गरिदियो । त्यो चिठ्ठी पठाउनेसँग अहिले पनि कुराकानी हुने गरेको उनले बताइन् । तर साथीको रुपमा कुरा हुने गरेको उनको कथन छ । ती व्यक्तिले चिठ्ठीमा विवाह गर्न उनलाई साह्रै जिद्धी गरे तर कोमल मानिनन् । उनले भनिन्, ‘तिम्रो जीवन नाविक विनाको नाउँ हो । जीवनले नदीको अन्तरकुन्तर कतै ठक्कर खाला अनि मात्र तिमीले थाहा पाउला ।’

    यसरी विवाह नगर्दा दुःख पाइने संकेत ती व्यक्तिले गरेपछि आफू झन् सचेत भएर अघि बढेको पनि उनले बताइन् । उनले भनिन्, ‘त्यतिबेलासम्म म रेडियो नेपालको जागिर र गायनले अत्यन्त व्यस्त भइसकेको थिएँ । अब मैले आफूलाई कतै ठक्कर खान नदिई स्वतन्त्र भएर आफ्नो लागि अघि बढ्नुपर्छ भन्ने लाग्यो ।’ त्यसपछि विवाहको चाहनालाई त्यागेर आफू अघि बढेको पनि उनले बताइन् ।

    गायिका वलीका तीजसम्बन्धी गीतमा ‘पोइल जाम पाम, तन्नेरी चाहियो, पोइ चाहियो’ जस्ता शब्दहरु हुने गरेका छन् । यस्ता गीत गाउँदा कतिपयले उनलाई विवाह गर्न नपाएर गीतबाट पीडा पोखेको टिप्पणी पनि गर्छन् । तर त्यो कुरालाई वली अस्वीकार गर्छिन् । यो आफ्नो नभएर अरुको भावना पोखेको पनि उनले बताइन् ।

    अब आफूलाई विवाह गर्ने, बच्चा जन्माउने, छोरा छोरीका लागि सम्पत्ति जोडेर ठूलो मान्छे बनाउने र पतिसँग चारधाम घुम्न जानेजस्ता कुनै सपना नभएको उनको कथन छ । अझै पनि उनलाई केही आफन्तले विवाह गर्नुपर्छ भन्दा रहेछन् । तर उनलाई अब विवाहप्रति चासो छैन ।

    मुलुकको राजनीतिले नयाँ मोड लिँदैछ । नेकपाकी नेतृत्व बनेकी कोमल वली अब आगामी चुनावमा आफ्नो क्षेत्रबाट सांसदको रुपमा उठ्ने तयारी गर्दैछिन् ।

    ‘अहिले स्वतन्त्र छु र दाङका जनताको सेवा गर्न पाएको छु । बुवाआमाको चाहना नै म राजनीतिमा लाग्ने भएकाले अबको जीवन राजनीतिमै बिताउनै निष्कर्षमा पुगिसकेकी छु,’ वलीले भनिन्, ‘हामी अझै पनि संयुक्त परिवारमा भएकाले सबैका माया पाइरहेको छु । परिवारमा दाजुभाइ, बहिनीका छोराछोरी भएकाले उनीहरूबाट त्यतिकै माया पाइरहेकी छु ।’ सोही कारण आफू एक्लो र अविवाहित छु भन्ने महसूस नभएको पनि उनले बताइन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend