आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कोमल वलीविरुद्ध थुतुनो चलेपछि ...

कोमल वलीविरुद्ध थुतुनो चलेपछि ...

  • मिडिया डबली
  • आइतवार, फाल्गुण १६ २०७७

  • 5.4K
    SHARES

  • कोमल वलीविरुद्ध थुतुनो चलेपछि ...

    काठमाडौं – गायन र सञ्चार कर्मबाट चर्चित बनेकी गायिका कोमल वली हाल राष्ट्रियसभा सदस्य छिन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि वली प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेकी छन् ।

    लामो राजनीतिक यात्रा नहुँदै पनि वलीलाई राष्ट्रियसभा सदस्य बनाइएकोमा पार्टीभित्र असन्तुष्टि व्यक्त हुने गरेको थियो । त्यो असन्तुष्टि पार्टी विभाजन भइसक्दा समेत रोकिएन ।

    पूर्व एमालेबाट राष्ट्रियसभा सदस्य बनेकी वलीविरुद्ध पूर्व एमालेकै नेताले थुतुनो चलाएपछि विवाद उत्पन्न भएको छ ।

    नेकपा प्रचण्ड–माधव पक्षका नेता रघुजी पन्तले कोमल वलीको विषयमा बोलेपछि विवाद भएको छ । शनिबार आयोजित एक कार्यक्रममा पूर्व मन्त्रीले बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    भिडियोमा पन्तले भनेका छन्, ‘महिलाहरू केपीतिर पनि छन्, २० औं वर्ष बिहे नगरेर बसेका छन् । तिनले टिकट पनि पाएनन्, राष्ट्रियसभा पनि पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर पोइल जान पाम भनेपछि सांसद त तिनै भइन् । कपाल फुलेर चाउरी परेका बुढी कमरेडहरू न राष्ट्रिय सभाको सदस्य हुन पाएका छन्, न केन्द्रीय कमिटीको सदस्य हुन पाएका छन् । तिनी राष्ट्रियसभा सदस्य भइन्, केन्द्रीय कमिटी सदस्य पनि भइन् ।’

    पन्तले बोलेको भाषणको ‘कोमल वलीले यसो सारी सरक्क सर्काएर पोइल जान पाम भनेपछि सांसद त तिनै भइन्’ अंश विवादमा परेको हो । वलीको ‘पोइल जान पाम’ गीत चर्चित बनेको थियो । 

    यसरी महिला हिंसा हुने गरी आपत्तिजनक अभिव्यक्ति बोलेको भन्दै नेता पन्तको आलोचना भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend