आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

प्रचण्डसँग मिलेर केपी ओलीले दिए कडा निर्देशन, विरोध उत्रेका सांसद के गर्लान् ?

प्रचण्डसँग मिलेर केपी ओलीले दिए कडा निर्देशन, विरोध उत्रेका सांसद के गर्लान् ?

  • मिडिया डबली
  • शुक्रवार, बैशाख २६ २०७७

  • 34.3K
    SHARES

  • प्रचण्डसँग मिलेर केपी ओलीले दिए कडा निर्देशन, विरोध उत्रेका सांसद के गर्लान् ?

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसदहरूलाई सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रमको पक्षमा उभिन लिखित रुपमा कडा निर्देशन दिएका छन् ।

    शुक्रवार बिहान प्रधानमन्त्री ओली निवास बालुवाटारमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रतिनिधि सभामा दलका प्रमुख सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी, राष्ट्रिय सभामा दलका नेता दीनानाथ शर्मा र प्रमुख सचेतक खिमलाल भट्टराईसहित बैठक बसेर नेकपाका सांसदहरूलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् ।

    नीति तथा कार्यक्रम र बजेटको पक्षमा विगतमा जस्तै दृढ भएर समर्थन गर्न प्रधानमन्त्री ओलीले लिखित निर्देशन जारी गरेका दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए ।

    पार्टी स्थायी कमिटी बैठक नबोलाएका कारण कतिपय सांसद प्रधानमन्त्री ओलीको विरोधमा उत्रिएका छन् । तर ओलीले कडा निर्देशन दिएपछि अब के गर्लान् भनेर हेर्न बाँकी रहेको छ ।

    आज शुक्रवार अपराह्न ४ बजेदेखि संघीय संसदको बजेट अधिवेशन सुरू हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते नीति तथा कार्यक्रम संसदमा पेश गर्ने कार्यक्रम रहेको छ । जेठ १५ गते अर्थमन्त्री युवराज खतिवडाले बजेट पेश गर्ने जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend