आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

एमाले रौतहट अधिवेशन, मतदान जारी

एमाले रौतहट अधिवेशन, मतदान जारी

  • मिडिया डबली
  • सोमवार, माघ २९ २०८०

  • 1.5K
    SHARES

  • एमाले रौतहट अधिवेशन, मतदान जारी

    सञ्जय मिश्रा 
    रौतहट २९ माघ - नेकपा एमाले रौतहटको १० औं जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष लगायतका पदको लागि चुनावी प्रक्रियाअन्तर्गत मतदान जारी छ। अन्तिम प्रयास गर्दासम्म सहमति नभएपछि जिल्लाको मध्यभाग गरुडा स्थित तुलसीलाल स्मृति भवनमा सोमबार बिहान साढे ९ बजेदेखि मतदान सुरु भएको हो।

    जिल्ला अध्यक्ष पदको लागि अखिलेश्वर चौधरी, सचिवानन्द साह उमेदवार रहेका छन्। उपाध्यक्ष पदका लागि चन्दन कुशवाहा,रुपेश कुमार पटेल, सुरेश कुमार राय यादव, मणिलाल सहनी लगायत ६ जना उम्मेदवार रहेका छन्।

    त्यसैगरी  जिल्ला सचिव पदमा बाबुराम दाहाल, शिवप्रसाद आचार्य उमेदवार रहेका छन्। यस अघि महिला उपसचिवमा मुन्ना लामिछाने, लेखा आयोगको अध्यक्षमा पवन पटेल, उपाध्यक्षमा रमेश तिमल्सिना लगायत सदस्यहरू सर्वसहमतिमा चुनिएका छन्।

    अहिले भईरहेको निर्वाचनमा ४२६ जना मतदाता रहेको निर्वाचन मण्डलका सदस्य बालाबिक्रम कार्कीले बताएका छन। आजै बिलुकीसम्म मतगणना सकेपछि परिणाम आउने अनुमान गरिएको छ।  गत २५ गते नेकपा एमाले रौतहटको दशौं जिल्ला अधिवेसनको उदघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend