आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

एमाले रौतहटको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदै

एमाले रौतहटको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदै

  • मिडिया डबली
  • सोमवार, माघ २९ २०८०

  • 1.1K
    SHARES

  • एमाले रौतहटको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदै

    रौतहट,२९ माघ - नेकपा (एमाले) रौतहटको अध्यक्षमा दुई जनाको उम्मेदवारी कायम भएको छ ।

    एमाले रौतहटको दशौं जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो । अध्यक्ष पदमा अखिलेश्वर चौधरी र सचिवानन्द साहको उम्मेदवारी कायम भएको छ । यसअघि अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको थियो जसमध्ये अमर आले र बैजनाथ सहनीको उम्मेदवारी फिर्ता भएको निर्वाचन अधिकृत बालविक्रम कार्कीले जानकारी दिए ।

    जिल्ला उपाध्यक्षका लागि उपेन्द्रराय यादव, चन्दनकुमार कुशहवा, मनिलाल सहनी, रामआषिश साह, रुपेशकुमार पटेल र सुरेशकुमार राय यादव गरी ६ जनाको उम्मेदवारी कायम रहेको उनले बताए ।यस्तै सचिवमा बाबुराम दाहाल र शिवप्रसाद आचार्यको उम्मेदवारी कायम रहेको छ ।

    यसैगरी, उपसचिवमा अवधेशकुमार यादव, अशोक पहाडी, कमलेशकुमार मिश्रा, फैजल अहमद र सोविन्द्र चौधरी गरी पाँचजनाको उम्मेदवारी रहेको छ ।

    तीनदिन सर्वसम्मतको प्रयास गर्दा समेत सहमति हुन नसकेपछि आज बिहान ९ बजेदेखि २ बजेसम्म मतदान माध्यमबाट नेतृत्व चयन गर्ने तयारी भएको निर्वाचन अधिकृत कार्कीले बताए ।

    यसअघि हिजो आइतबार नै निर्वाचन हुने भनिएपनि आइतबार सर्वसहमतकै प्रयास दिनभरि जारी रहेको थियो तर सहमत हुन नसकेपछि आज ९ बजेबाट २ बजेसम्म मतदान हुन लागेको बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend