काठमाडौं - नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले राजनीतिबाट संन्यास लिने तयारी गरेका छन्। १४औं महाधिवेशन पछि विरक्तिएका घिमिरेले राजनीतिबाट सन्यास लिने तयारी गरेका हुन्।
जसको खुलसा उनी आफैंले गरेका छन्। यद्यपी सन्यासको घोषणा भने उनले गरिसकेका छैनन्। स्थानीय चुनावलगत्तै यसबारेमा निर्णय लिने उनले बताएका हुन् ।
मंगलवार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘सक्रिय राजनीतिबाट बिदा लिउँकी भन्ने लागेको छ । स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु ।’
यस्तै उनले स्थानीय तहमा देशभरि उम्मेदवार बनेकाहरू विजयको शुभकामना पनि व्यक्त गरेका छन् । स्थानीय तह निर्वाचनको टिकट वितरणलाई लिएर उनी असन्तुष्ट थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।