काठमाडौं - नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ ।
महाधिवेशनमा सहभागी हुन जिल्ला जिल्लाबाट प्रतिनिधि काठमाडौं आउन थालिसकेका छन् । महाधिवेशनपछि कांग्रेसमा कस्तो नेतृत्व आउला भन्ने बहस चलिरहेका बेला दुई युवा नेताको पराजयले नेता कार्यकर्तामा गम्भीर चिन्ता देखिएको छ ।
प्रदेश १ र कर्णाली प्रदेश सभापतिमा क्रमशः गुरुराज घिमिरेको पराजयले नेपाली कांग्रेसमा युवा नेतृत्व अहिले नै सम्भव नरहेको विश्लेषण गर्न थालिएको छ ।
घिमिरे र शाहीलाई नेपाली कांग्रेसमा तुलनात्मक रूपमा अन्य युवा नेताभन्दा विचार र पार्टीको धारणा राम्रोसँग राख्न सक्ने युवा नेता मानिन्छ । घिमिरे नेविसंघका पूर्वअध्यक्ष र शाही नेविसंघको उपाध्यक्षका साथै तरुण दलका पूर्वमहामन्त्रीसमेत हुन् ।
तर, दुवै नेतालाई पाका कांग्रेस नेताहरूले निर्वाचनमा हराइदिए । यसले गर्दा अझै पनि कांग्रेसमा युवा नेतृत्व तत्काल आउन कठिन हुने हो कि भन्ने विश्लेषण र बहस सुरु भएको हो ।
यदि घिमिरे र शाही सभापतिमा निर्वाचित भएका भए गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, जितजंग बस्नेत, उदयशमशेर राणालाई निकै सहज हुने थियो ।
यी युवा नेताहरू कोही पदाधिकारी र कोही केन्द्रीय सदस्यका आकांक्षी छन् । महाधिवेशनमा युवा नेतृत्व ल्याउन अझै धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।