काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचनमा रोचक तथ्य सार्वजनिक भएको छ ।
प्रदेश १ का सभापतिको निर्वाचनदेखि नै यस्तो दृश्य देखिन थालेको हो । प्रदेश १ को सभापतिमा गुरुराज घिमिरे र उद्धव थापा प्रतिस्पर्धामा थिए ।
सुरुदेखि नै घिमिरेले लिड गरेका थिए । तर, अन्तिम चरणमा थापा दुई मतले विजयी भए । यदि निर्वाचनमा शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्य भोट हाल्न गएका भए घिमिरेले चुनाव जितिसकेका थिए ।
तर, कोइराला परिवारका कारण घिमिरेले चुनाव हारे । पदाधिकारीमा थोरै मतले हार्नेमा विजयकुमार गच्छदार पनि हुन् । उनले जम्मा दुई मतले पराजय बेहोरेका छन् ।
गच्छदारलाई उपसभापतिमा धनराज गुरुङसँग मात खुवाए । गुरुङ मात्र दुई मतले विजयी बने । गच्छदार संस्थापन र गुरुङ कोइराला निकट नेता हुन् ।
यस्तै,कर्णाली प्रदेशको खुला सदस्यमा रामचन्द्र पौडेल निकट हृदयराम थानी एक मतले पराजित बने । उनी अर्का प्रतिस्पर्धी कर्णबहादुर बुढासँग एक मतले पराजित बनेका हुन् । थानी कर्णालीमा लोकप्रिय नेता मानिन्छन् ।
यदि वरिष्ठ नेता पौडेल मत हाल्न गएका भए थानीले चुनाव जित्ने थिए । महाधिवेशन निर्वाचन समितिका अनुसार बुढाले २२०० मत पाएका छन्। थानीले २१९९ मत पाएका छन्। बुढा सभापति शेरबहादुर देउवा निकट नेता हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।