काठमाडौं - नेपाली कांग्रेसको प्रदेश १ सभापतिकमा झापाका उद्धव थापा विजयी भए । उनले संस्थापन इतरका गुरुराज घिमिरेलाई दुई मतले पराजित गरे ।
मतगणनाको सुरुदेखि नै थापालाई पछि पार्दै आएका घिमिरे अन्तिममा गएर दुई मतले चिप्लिए । थापाले ८४४ मत पाएर विजयी भए । पराजित घिमिरेले ८४२ मत पाए ।
घिमिरेको पराजयसँगै अहिले पौडेल–कोइराला खेमामा भुइँचालो गएको छ । कांग्रेसको प्रदेश १ को अधिवेशनमा प्रभावशाली केन्द्रीय नेताहरूले नै मतदान नगरेको खुलेको छ ।
उम्मेदवार घिमिरे केन्द्रीय सभापतिका आकांक्षी नेता शेखर कोइरालाका विश्वासपात्र हुन् । तर, कोइराला विराटनगरमै भए पनि मतदानमा सहभागी भएनन् ।
कोइरालासँगै नेताहरू बलबहादुर केसी, सुजाता कोइराला र महेश आचार्यले पनि भोट नहालेको खुलेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।