काठमाडौं - नेपाली कांग्रेसको प्रदेश १ को सभापतिमा उद्धव थापा र गुरुराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । थापा देउवा–सिटौला पक्षबाट तथा घिमिरे पौडेल–कोइराला समूहबाट उठेका हुन् ।
प्रदेश सभापतिका प्रत्यासी थापाको प्यानलबाट भूपेन्द्र राईले महामन्त्रीमा उम्मेद्वारी दर्ता गरेका छन् । यस्तै, प्रदेश सभापतिका अर्का प्रत्यासी गुरुराज घिमिरेको प्यानलबाट नेता वीरकाजी राईले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् ।
प्रदेश महामन्त्रीका प्रत्यासी राई दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष हुन् । उनले कोभिड–१९ को महामारीका बेला संक्रमितलाई पिठ्युँमा बोकेर अस्पताल पुर्याएर चर्चा कमाएका थिए ।
महामन्त्रीका प्रत्यासी राईसँगै प्रदेश सदस्यमा हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर विमला राई, शान्तिकला राई र लोकेन्द्र राईले सदस्यमा मनोनयन दर्ता गरेका छन् ।
अन्य प्रदेश सदस्यमा सुमनबाबु आचार्य, जितेन्द्रसिंह ठकुरी, गोपाल सैंजू र अञ्जना केसी बस्नेतले उम्मेद्वारी दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।