काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले माघमै चुनाव गर्न निर्णय गरेको छ ।
बिहीवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा चुनावको मिति तोकेको छ ।
निर्वाचन आयोगसँग परामर्श गरेपछि मन्त्रिपरिषद् बैठकले आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन गर्न मिति तोकेको स्रोतले जनाएको छ ।
राष्ट्रिय सभाका झण्डै १ तिहाई सदस्यका लागि माघ १२ गते निर्वाचन हुने जनाइएको छ ।
राष्ट्रिय सभामा हाल कायम सदस्यमध्ये एकतिहाइ सदस्यको पदावधि आगामी फागुनदेखि सकिने भएकाले माघमै निर्वाचित गर्न लागिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।