काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाखमा चुनाव घोषणा गरेपछि निर्वाचन आयोग तातेको छ ।
निर्वाचन आयोगले आजै एक निर्णय गर्दै अर्को व्यवस्था नहुँदासम्म हाल संकलन हुँदै आएको मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ । निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा गडबडी गरिने भएकाले रोक्ने गरिन्छ ।
आयोगको सोमबार बसेको बैठकले नामावली संकलन स्थगित गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।
सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको नयाँ मिति घोषणा गरेको छ । ओली सरकारले निर्वाचनको तयारी गरेपनि नेकपासहित अन्य दलले संसद पुनःस्थापनाको माग गर्दै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।