काठमाडौं - स्थानीय सरकारको निर्वाचनबारे नेपालको संविधान २०७२ र निर्वाचन ऐन, २०७३ मा भिन्न व्यवस्था छ ।
नेपालको संविधानको धारा २२५ ले गाउँसभा र नगरसभाको अवधि पाँच वर्ष तोकेको छ । यस आधारमा आगामी वैशाखमा स्थानीय तहको कार्यकाल पूरा हुन्छ ।
स्थानीय तह निर्वाचन ऐनअनुसार कार्यकाल समाप्त हुनु २ महिना अगाडि निर्वाचन गराउन मिल्ने पूर्वनिर्वाचन आयुक्तहरूको भनाइ छ । त्यस आधारमा फागुनमै पनि स्थानीय तहको निर्वाचन हुन सक्छ ।
निर्धारित अवधिभन्दा अगाडि निर्वाचन गराउने हो भने स्थानीय तहको निर्वाचन के हुने ? निर्वाचित जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुअघि गर्न मिल्छ ? भन्ने बहससमेत सुरु हुन थालेको छ ।
निर्वाचन आयोगका सहप्रवक्ता कोमल धमलाले गाउँसभा, नगरसभा केन्द्र र प्रदेशसभाजस्तो पाँच वर्ष अवधि नपुगी विघटन गर्ने व्यवस्था नभएकाले पूरा भएपछि हुनुपर्ने बताए । तर, निर्वाचन ऐनलाई आधार मान्ने हो भने गाउँ, नगरसभाको कार्यकाल समाप्त हुनु दुई महिनाअघि गर्न सकिने उनको भनाइ छ ।
राजनीतिक घटनाक्रमले देशभर चुनावी हल्ला चलिरहेको छ । तर, चुनाव कहिले हुने हो ? अन्योल यथावत् छ ।
सत्तापक्षीय नेताहरू ‘अर्ली इलेक्सन’ बारे छलफल चलाइरहेका छन् । सरकार गठन भएको दुई महिना हुन लाग्दासमेत मन्त्रिपरिषद् विस्तार हुन नसकेकाले चाँडै निर्वाचन हुने अनुमान गरिएको हो ।
कांग्रेस, एमाले, माओवादी केन्द्र तथा राप्रपाले कात्तिक–मंसिरमै महाधिवेशन सक्ने लक्ष्य लिएकाले एकैपटक स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुनसक्ने अनुमान गर्न थालिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।