काठमाडौं – राजधानी काठमाडौं उपत्यकामा आज मंगलबारदेखि निषेधाज्ञा केही खुकुलो भएको छ ।
काठमाडौंभित्रका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूले आईतबार आदेश जारी गर्दै आज मंगलबारदेखि निषेधाज्ञा खुकुलो हुने जनाएका हुन् ।
खुकुलो निषेधाज्ञा आज असार ८ गतेदेखि १ हप्ताका लागि थपिएको थियो । नयाँ आदेशसँगै काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा रहनेछ ।
निजी सवारीसाधन र ट्याक्सीलाई जोरबिजोर प्रणाली अनुसार चल्न दिइने, निर्णय भएको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले बताएका छन् ।
हप्ताका बार अनुसार केही पसल समेत खोल्न पाइने आदेश गरिएको छ । आदेश अनुसार आईतबार, मंगलबार र बिहीबार ११–४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न पाइने र सोमबार, बुधबार र शुक्रबार ११–४ बजेसम्म शपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल समेत खोल्न पाइने भएको छ ।
पढ्नुहोस् आदेशको पूर्णपाठ –




मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।