काठमाडौं- काठमाडौं उपत्याकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको तर नागरिकहरु सचेत नभएको भन्दै कर्फ्यु लगाउने प्रस्ताव अघि सारिएको छ ।
निषेधाज्ञाले चहलपहल नरोकिएको भन्दै उपत्यकाका जनप्रतिनिधिले कर्फ्यु लगाउन माग गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका हुन्।
निषेधाज्ञा थप गर्ने नगर्ने भन्ने विषयमा अहिले उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठक बसिरहेको छ।
बैठकपछि गृह मन्त्रालयसँग समन्वय गरेर बुधबार यस विषयमा निर्णय गर्ने प्रजिअ दाहालले बताएका छन् ।
उनले यस विषयमा जनप्रतिनिधि, व्यवसायी र स्वास्थ्य विज्ञहरुको सुझाव लिइसकेको र उनीहरुबाट फरक फरक सुझाव आएको बताए। यी विषयमा छलफल गरेर तीन वटै जिल्लाले साझा धारणा तयार गरेर गृह मन्त्रालयमा जाने प्रमुख जिल्ला अधिकारीको तयारी छ।
पछिल्लो पटक थपिएको एक साता लामो निषेधाज्ञाको समय बुधबार राति १२ बजेबाट सकिँदैछ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।